arrow

तालिवान विरुद्धको कारबाहीमा ४४ तालिवान मारिए

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
afgh-MMAP-md.png.png
काबुल । अफगानिस्तानका विभिन्न क्षेत्रमा अफगान सुरक्षा निकायले गरेको तालिवान विरुद्धको कारबाहीका क्रममा कम्तीमा पनि ४४ जना तालिवान मारिएको समाचार छ । समाचारमा जनाइएअनुसार अफगान सेनाको नेतृत्वमा रहेको सुरक्षा निकायले शनिबार बिहानैदेखि सो कारबाही सुरु गरेको थियो । अफगानिस्तानको रक्षामन्त्रालयले जनाएअनुसार यसरी जारी राखिएको कारबाहीका क्रममा ४४ जना तालिवान मारिएका छन् भने अरु करिब २७ जना घाइते पनि भएका छन् । 
 
कान्दाहार प्रान्तको वारदाक जिल्लामा गरिएको व्यापक खोजी अभियानमा ती हतियारधारी लडाकू मारिएका समाचारमा जनाइएको छ । प्राप्त पछिल्लो समाचारअनुसार कान्दाहार प्रान्तमा तालिवानको बाक्लो उपस्थितिका कारण सेनाले व्यापक मात्रामा खोजी अभियान चलाएको छ । त्यस क्रममा सुरक्षा निकायले ठूलो मात्रामा हतियार कब्जा गर्नुको साथै कैयौँ विस्फोटक पदार्थ पनि बरामद गरेको जनाएको छ । 
 
अफगानिस्तानबाट नेटो सैनिक स्वदेश फर्किएपछि त्यहीँकै सुरक्षा निकायले व्यापक मात्रामा कारबाही गर्ने गरेका छन् । तर पछिल्लो समयमा तालिवानले पनि हिंसात्मक क्रियाकलापहरु बढाउदै लगेको बताइन्छ । एपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ