arrow

ओली किन सरकारमा दुई तिहाइ पुर्याउन खोज्दैछन् ? यी हुन् पाँच रहस्य

logo
प्रकाशित २०७४ फागुन १३ आइतबार
kp-sharma-oli--udayepur-news.jpeg

काठमाडौं । बाम गठबन्धनको सरकार बहुमतप्राप्त भए पनि प्रधानमन्त्री केपी शर्मा ओली भने दुई तिहाइ पुर्याउन लागिरहेका छन् । 

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने निश्चितै भएपछि ढुक्कसंग एमाले–माओवादी मिलेर बन्ने ‘नेपाल कम्युनिष्ट पार्टी’ ले पाँच वर्षसम्म सरकार चलाउन सक्छ । 

यति हुँदा पनि किन बेचैन देखिन्छन् केपी ओली ? र, किन लिन खोजिरहेका छन् मधेसी दुई दलहरु राजपा र संघीय फोरमलाई ? 

ओलीको चाल यस्तो छः
१, ढुक्कसँग सरकार हाँक्न –
ओलीले पाँच वर्षसम्म यस्तो सरकार चाहेका छन् जसले जस्तासुकै निर्णय गरे पनि प्रतिपक्षीले संसदमा अवरोध गर्न नसकोस् । 

एक राजनीतिक विष्लेषकका अनुसार यो नै कम्युनिष्टको सत्ताकब्जाको रणनीति हो । संघीय फोरम र राजपा पनि सरकारमा जाने हो भने ढुक्कसंग सोचेअनुसारका निर्णय गर्न सकिन्छ । 

२, संवैधानिक निकायमा अंकुश लगाउन–
एमालेले विभिन्न गल्ती गरेको छ । ती गल्ती ढाक्नका लागि पनि कहीं न कहीं बलियो त हुनै पर्यो । 

ओलीको दुई तिहाइपछि संवैधानिक निकायलाई समेत काबुमा राखेर आफूले चाहेजस्तो काम गर्ने योजना रहेको छ । 

दुई तिहाइ भएपछि ‘महाभियोग’ को तरवार जहिले पनि शिरमा झुण्ड्याएर न्यायपालिका र संवैधानिक अंगहरुबाट पनि काममा कुनै अवरोध नल्याउन सघाउ पुग्नेछ । 

केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एमालेका ३० जना नेताहरुलाई अनुसन्धानको घेरामा राखेपछि प्रमुखलाई नै हटाउने खेल थालेको थियो । 

अख्तियारका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीलाई हटाउन महाभियोगसमेत संसदमा दर्ता भएको थियो । 

अहिले पनि अख्तियारमा प्रमुख छैनन् । अब एमालेले नै आफ्नो अनुकुलमा अख्तियार प्रमुख नियुक्त गर्दैछ । आफैले नियुक्त गर्ने अख्तियार प्रमुख सरकारका लागि वाधक नबनेपनि सरकारलाई असहयोग गर्नेलाई अख्तियार तर्साउने अर्को साधन बन्न सक्छ। 

अख्तियार आफ्नो अनुकुलको हुँदै गर्दा सरकारलाई अंकुश लगाउन सक्ने एक मात्र निकाय न्यायपालिका मात्र हुनेछ। त्यो अवस्थामा न्यायपालिकालाई आफ्नो वशमा पार्न ओली सरकारको लागि दुई तिहाई नै सबैभन्दा ठूलो हतियार हो। जुन हतियार प्रयोग नै नगरि ओलीले न्यायपालिकाबाट सबै आफ्नो अनुकुल बनाउन सक्छन। प्रधानन्यायाधीशलाई समेत ‘महाभियोग’ को त्रास देखाएर काम लिन सकिने विश्लेषण दुई तीहाईका लागि भएको रस्साकस्सीसँगै शुरु भएको छ। 

३, चाहे अनुसार संविधान संशोधन
संविधानले नै दिएको छ कि संसदको दुई तिहाइ मतले संविधान परिवर्तन गर्न सकिन्छ । 

ओलीले दुई तिहाइ पुगेपछि आफूलाई मन लागेको धारा उपधारा राख्ने र मन नलागेका फाल्नका लागि दुई तिहाइको जोड गरेका हुन् । 

तत्काल मधेसीका माग संवोधन गर्ने भनिए पनि अबको नेकपाले पूर्णकालीन आफू सुहाउँदो संविधान परिमार्जन गर्नेछ । 

४ उत्तर दक्षिणको प्यारो बन्न 
केपी ओली मास्टर माइन्ड हुन् । उनी उत्तर र दक्षिणको दुवैतिरको समर्थन बटुल्न यो षड्यन्त्र गरिरहेका छन्। 

चीनले पाँच वर्षसम्म टिक्ने स्थायी सरकार बनाउन दबाब दिएको छ । यसो हुन सके उसका पनि स्वार्थ पुरा हुन सक्छन् । 

त्यसका लागि चीनले मधेसी दलहरुलाई पनि सहजै सरकारमा सामेल गराउन दवाव दिएको छ । 

त्यसैगरी दक्षिणी भारतले मधेसी दलहरुलाई लिएरमात्र सरकार बलियो हुने तर्क दिएको छ । 

५ लामो समय सत्तामा रहने षडयन्त्र 
ओली पाँच वर्ष मात्र हेरेर योजना बनाइरहेका छैनन। उनी कम्युनिष्ट शक्तिहरुले जुगगुजसम्म नेपालमा कब्जा गर्ने वातावरण बनाउन चाहन्छन।  

तसर्थ ओली आगामी पाँच वर्ष होइन कि त्यसपछिको निर्वाचनका लागिसमेत अहिल्यैदेखि गृहकार्यमा लागेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ