arrow

अछाममा ट्याक्टर दुर्घटना, दुईको मृत्यु

logo
प्रकाशित २०७४ फागुन १३ आइतबार
accedent_achham.JPG

साँफेबगर । अछामकोे रामारोशन गाउँपालिकाको कार्यालय अगाडि ट्याक्टर दुर्घटना हुँदा २ जना महिलाको मृत्यु भएको छ । दुर्घटनामा चालक सहित २ जना घाइते भएका छन् ।  

गाउँपालिकाको मुजाबगर बजारमा विहान पौने ११ बजेतिर से १ त ३१४८ नम्बरको ट्याक्टर दुर्घटना हुँदा रामारोशन गाउँपालिका ७ की ३४ वर्षीया नरु भण्डारी र रामारोशन गाउँपालिका ६ का ३३ वर्षीया कलसी साउँदको मृत्यु भएको हो । ट्याक्टर चालक ४० वर्षीय कालिचरण चौधरी र रामारोशन गाउँपालिका ५ का डम्बर बटाला घाइते भएका छन् । 

घाईते दुबै जनालाई उपचारका लागि अछामको बयलगडा अस्पतालमा लगिएको  अछामका प्रहरी प्रमुख दधिराम न्यौपानेले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ