arrow

कांग्रेस बैठक: संसदीय दलको नेता छान्न २१ गते चुनाव 

logo
प्रकाशित २०७४ फागुन १३ आइतबार
NC.png

काठमाडौं । प्रमुख विपक्षी कांग्रेसले संसदीय दलको नेता छान्न आउने फागुन २१ गते चुनाव गर्ने भएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसमिति बैठकले संसदीय दलको नेता छान्न २१ गते चुनाव गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालय सचिव कृष्ण पौडेलले जानकारी दिए ।

बैठकले संसदीय दलको संशोधित विधान अनुमोदन गरेको छ  । यस्तै, दलको नेता छान्नका लागि तीन सदस्यीय निर्वाचन समिति बनाएको छ ।

निर्वाचन समितिको संयोजनक चिनकाजी श्रेष्ठ छन् । नवीन्द्रराज जोशी र भीष्मराज आङ्दाम्बे निर्वाचन समितिको सदस्य छन् । यो समितिले संसदीय दलको संशोधित विधान अनुसार नेता चयन गर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ