arrow

उपेन्द्र र ओलीको चालामाला ठिक छैन !

‘सरकारमा जाने र लानेको जम्मा एक पटक भेट’

logo
प्रकाशित २०७४ फागुन १३ आइतबार
oli-upendra-yadav.png

काठमाडौं । एक जना मधेस मामिलाका जानकारले उपेन्द्र यादव र प्रधानमन्त्री केपी शर्मा ओलीको चालामाला ठिक नभएको बताए ।

उनले भने, ‘हिजो एमालेमुक्त मधेस बनाउने उद्घोष गर्दै हिँडेका उपेन्द्र यादवलाई अहिले कोनि के भएको छ । ओलीसँगै घाँटी जोड्न मन लागिरहेको छ ।’ त्यो पनि प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको जनादेश विपरीत राष्ट्रिय जनता पार्टी राजपालाई चिड्याएर ओलीसँग टाँसिन खोज्दै छन्, उनले अगाडि भने, ‘२ नम्बर प्रदेश एकलौटी आफ्नै मुठ्ठीमा राख्ने बुटी भने ओलीले नै दिएका हुन् । तर, यो त्यति सजिलो विषय होइन । आफै खुइलिने खतरा पनि उतिकै छ ।’ जनादेश विपरीत गए भोलि त्यसको परिणाम नराम्रो हुनेछ । उनी वाम गठबन्धनको लागि आफ्नो गठबन्धन तोड्न सक्दैनन् । उनले भनेका छन्, ‘त्यो साहस गर्नु उनका लागि मूर्खता हुनेछ ।’ त्यसैले एमाले र माओवादी अहिले राजपासहित दुईतिहाईको कसरतमा लागेका छन् । तर, राजपासँग छलफल भने गरिएकाे छैन ।

उनले भने, 'राजपालाई नबाेकाैँ भन्ने उपेन्द्रकाे मनसाय अनुरुप एमाले चल्याे भने त्याे प्रत्युत्पादक हुन सक्छ । संविधान स‌ंशाेधनकाे जस उपेन्द्र एक्लैले लिने र वाम गठबन्धनलाई भाेलिका लागि जनाधार बनाइदिने खेलाे पनि भइरहेकाे गुञ्जायस अाइरहेकाे छ । ' त्यसैले उपेन्द्र अाेलीले जे साेचिरहेका छन् । त्याे मुलुककै लागि खतरा हाे, उनले भनेका छन् ।

उसो त प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिएकै दिन पूर्वमन्त्री जयप्रकाश गुप्ता(जेपी)ले यसो भनिदिए,– ‘हिजो उपेन्द्र यादवजीले एमाले मुक्त मधेस बनाउन खोज्दा राजविराजमा ५ जनालाई बलिवेदीमा चढाईयो । आज उपेन्द्रजीले जनकपुरमा एमाले–माओवादीको समर्थनबाट मधेसी सरकारलाई विश्वास प्राप्त बनाई सिंहदरबारमा सत्तारोहणको बाटो खोल्नुभयो ।’

अहिले फेरि कर्मचारीले नटेरेको बहानामा केन्द्र सरकारलाई लालबाबु राउतले चिठी लेखेर सम्बन्धलाई अझ प्रष्ट्याइदिए । उनले २ नम्बर प्रदेशमा स्रोत साधन चाहियो पनि भनेका छन् ।

उपेन्द्र यादव अहिले चौतर्फी तनावमा छन् । एकातिर प्रदेश सरकार, अर्कोतिर जनादेश, अर्कोतिर केन्द्रतिर सत्तामा आउने अफर । त्यति मात्रै होइन, एमालेले हिजो चुनावमा लगाएको गुन तिर्ने उपयुक्त अवसर पनि गुम्ला भन्ने डर पनि ।

सरकारमा जाने कुरा कहाँ पुग्यो ?
संघीय समाजवादी फोरमसँग एमालेले सरकारमा सहभागि हुनेबारे औपचारिक रुपमा जम्मा एक पटक छलफल गरेको छ ।

गठन गर्ने भनिएको कार्यदल गठन भएकै छैन । सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ र नेता राम सहाय यादव सम्मिलित कार्यदल बनाउने कुरा थियो । तर, त्यो अहिलेसम्म बनेन । यादव भन्छन्, ‘जम्मा एक पटक छलफल भएको छ । उहाँहरुले संविधान संशोधन गर्ने प्रतिवद्धतासहितको खाका ल्याएर भेट्ने भन्नु भएको थियो । पछि सम्झिनु भएको छैन ।’

तर, राजेन्द्र श्रेष्ठ कार्यदस्तरीय छलफल भइनै राखेको भन्छन् । कुरा प्रष्ट छैन । कुरा सकारात्मक मात्रै भनिएको छ । एमाले र माओवादीभित्र मन्त्रीकै आकांक्षी मिलाउन हम्मे परिरहेको छ । त्यसमा पनि उनीहरुले फोरम र राजपालाई सरकारमा लाने भनिरहेका छन् । मधेस केन्द्रीत शक्तिलाई पनि सरकारमा लाने भनेरै मन्त्रिपरिषद विस्तार नगरेको भन्नेहरु पनि छन् । तर, वास्तविक कुरा सबैले लुकाईरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ