arrow

रनभुल्लमा संघीय मन्त्रालयका सचिवहरु 

logo
प्रकाशित २०७४ फागुन १३ आइतबार
samanya-prasashan-mantralaya.jpg.jpeg

काठमाडौं । संघीय सरकारका सचिवहरु यतिबेला रनभुल्लमा पर्ने गरेका छन् । मन्त्रिपरिषद्को निर्णयानुसार ३१ मन्त्रालयबाट घटाएर १८ वटा कायम भएसँगै सचिवहरु जिम्मेवारीको विषयमा रनभुल्लमा परेका हुन् । 

आईतबार आपूर्ति सचिव अनिल कुमार ठाकुर सिंहदरबारमा हिँड्दै गरेका भेटिए । उनलाई सिंहदरबारको बाटो हिँडिरहँदा उनको मनमा अन्यौलता र अस्पष्टता देखिन्थ्यो । अहिलेसम्म आपूर्ति मन्त्रालय हाँकेका उनले अहिले मन्त्रालय गाभिएसँगै अबको जिम्मेवारी के हुने भन्नेमा अन्यौलता छाएको हो ।

अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो विषयमा पत्र भने आईसकेको छैन । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले हाल विद्यमान रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित ३१ वटा मन्त्रालयलाई घटाएर १८ वटामा सीमित गर्ने निर्णय गरेसँगै नेपाल सरकारका राजपत्राङ्कित विशिष्ठ श्रेणीका सचिवहरु जिम्मेवारीको विषयलाई लिएर अन्योलमा पर्न थालेका छन् ।

आपूर्ति सचिव अनिल कुमार झाले सरकारले मन्त्रालय गाभ्ने निर्णय गरेको भएपनि आफूहरुको व्यवस्थापनबारे केही निर्देशन नआएकोले निर्देशन नआएसम्म पुरानै शैलीमा काम चलिरहने जानकारी दिए । उनले मन्त्रालय गाभेपछि आफूहरुको जिम्मेवारीको विषयमा अन्योलता छाएको भन्दै सचिवहरु प्रधानमन्त्री कार्यालयको निर्देशनको पर्खाईमा रहेको पनि जानकारी दिए । 

सरकारले यस अघि भिन्न भिन्न रहेका भौतिक पूर्वाधार र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई गाभेर भौतिक पूर्वाधार, यातायात तथा नागरिक उड्ययन मन्त्रालय बनाउने निर्णय गरेको छ । तर, त्यसमा पर्यटन तथा संस्कृति मन्त्रालय छुट्टै रहेकोले यसलाई गाभिएको भन्दा पनि नागरिक उड्ययनको जिम्मेवारी अर्काे मन्त्रालयमा सरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पनि एउटै बनाईएको छ।

अहिले नेपाल सरकारमा ७१ जना सचिवको दरबन्दी रहेको छ । प्रशासन सुधार सुझाव आयोगका अध्यक्ष काशीराज दाहालका अनुसार अब सरकारले निर्णय गरेसँगै सचिवहरुको केही दरबन्दी कटौती पनि हुनसक्ने सम्भावना रहको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ