arrow

पुनर्वासबासीमाथि सधैं हत्याको त्रास ! 

महिला हत्याको छानविन नगरिएको भन्दै स्थानीय आन्दोलित 

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७४ फागुन १३ आइतबार
punarbas_hatya2.jpg

पुनर्वास  । कञ्चनपुरको दक्षिणी सिमान्त पुनर्वास नगरपालिकाका स्थानीयहरु हिजो आज ढुक्कसँग निदाउन सक्दैनन् । पछिल्लो समय भएको श्रृङ्खलाबद्ध हत्याका घटनापछि पुनर्वासबासीमा हत्याको त्रास मनमा गढेर बसेको हो । 

एक वर्ष यता बढ्दै आएको शृङ्खलाबद्ध हत्याकाण्डको योजनाकार र हत्यामा संलग्न ब्यक्तिको खोजी र पक्राउ गर्न प्रहरी प्रशासन उदासिन बनेको भन्दै यथासिघ्र दोषीमाथि कार्वाही गरि नागरिक सुरक्षाको माग राख्दै स्थानिय गाउँ बासी बिरोधमा उत्रदै धनगढी-बेलौरी सडक खण्ड अबरुद्ध पारेका छन् । दक्षिणी क्षेत्रको मुख्य औधोगिक र ब्यापारिक प्रवेश मार्गका रुपमा रहेको पुनर्वासको वडा नम्बर १० र ११ मा एक वर्ष यता अज्ञात ब्यक्ति द्वारा ३ वटा हत्याका घटना भए पनि हत्याराको पहिचान हुन नसक्दा गाउँ बासी बिरोधमा उत्रिएका हुन ।  

झन्डै ९ महिना अघि पुनर्वासको अमरबस्ती स्थित सिद्ध देवि मन्दिरमा बस्दै आएकी सन्त बृद्द्दाको हत्या बाट सुरु भएको हत्याकाण्ड अझै रोकिएको छैन । प्रतिनिधि सभाको निर्वाचनको २ दिन अघि सोही ठाउँमा मेघसिह धामीको बीभत्स हत्या भएको थियो । एक पछि अर्को बढ्दै गएको हत्याको निरन्तरताले दुई दिन अघि त्यसै स्थानको नजिकै पानमती धामीको शव भेटिएको थियो ।

गाउँमा हत्याका घटनामा वृद्धि हुदै गरे पनि प्रहरी प्रशासनले हत्याराको खोजीकार्यमा देखाएको उदासिनता बाट असन्तुष्ट भएका स्थानीय बासिन्दा आज सडकमा उत्रिएका हुन । सरकार र प्रहरी प्रशासनको उदासिनताको आलोचना गर्दै अमरबस्तीका दिर्घराज ओझा भन्छन् "हत्याकाण्डको निरन्तरता जारी छ तर सरकार र प्रशासन चुप बसेको छ । जनताको जिउ धनको सुरक्षाको जिम्मा लिएको प्रहरी केवल रमिते भयो । एक पछि अर्को नागरिकको हत्या भइ रहेको छ हत्यारा खुलेआम घुमिरहेको छ प्रहरी लाचार हुनु हाम्रो लागि दुर्भाग्यपूर्ण भयो सुतेको प्रहरी प्रशासनलाई जगाउन जनता सडकमा उत्रनु परेको हो ।"

आइतबार पुनर्वासको अमरबस्तीमा स्थानियको बिरोध प्रदर्शनमा भेटिएका कृष्ण ढकाल भन्छन् " बिधिको शासन भएको हाम्रो देशमा अझै कति नागरिकले ज्यान गुमाउने अज्ञात हत्याराबाट किन समात्दैन प्रहरीले ? जघन्य अपराध गर्ने ब्यक्तिलाई कार्वाहीको लागि जनताले माग राख्न सडकमा उत्रिनु पर्ने बिषय बिडम्बना हो । तत्काल दोषिको पहिचान र कार्वाही गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउदछौं ।" 

शृङ्खलाबद्ध रुपमा हत्या गर्दै हिड्ने हत्याराको पहिचान र कार्वाहीको माग राख्दै जनतानै सडकमा उत्रिनु पर्ने अबस्था देखिनु कानुनी राज्य र प्रहरी संगठनको सक्षमता माथी नै प्रश्न गर्न थालिएको छ पुनर्वासमा यतिबेला । बितेको झन्डै एक वर्ष देखि पुनर्वासमा हुँदै आएका हत्याका घटनामा उदासिन बनेको प्रहरी प्रशासनको आलोचना गर्दै स्थानिय रामबहादुर भन्छन् " यो शर्मनाक कुरा हो एकवर्ष देखि हत्याका घटना हुँदै आएकाछ्न तर प्रहरी कानुनी दायरामा ल्याउन सक्दैन । हत्यारा खुलेयाम घुम्दै छ मौका पारेर मान्छेको ज्यान लिदैछ तर प्रहरीको हातमा शून्य यो दुर्भाग्य हो पुनर्वासी जनताको ।" 

झन्डै १ वर्ष यता अमरबस्तीमा मात्रै ३ जनाको हत्या गरिएको छ त्यो पनि सिद्ध देबि मन्दिरकै वरिपरि मात्रै किन ? यो प्रश्नले स्थानिय लाई पिरोल्दैछ । जवाफ शून्य बन्दै गएको छ जनता पर्खाइमा छन् कहिले हुन्छ हत्याको पर्दाफास ? सक्ला त प्रहरी ? यी यावत प्रश्नले यतिबेला नागरिकलाई घचघच्याई रहेको छ । निर्ममता पुर्वक धारिलो हतियार प्रहार गरि हत्याका घट्नामा संलग्न हत्यारा को हो ? किन बढ्दै छ हत्याको शिलशिला आखिर के चाहन्छ हत्यारा के यसको पर्दाफास गर्न प्रहरी सफल रहला चुनौती थपिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ