- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस लिग कप फुटबलको उपाधि पेप ग्वार्डिओलाको टिम म्यान्चेस्टर सिटीले जितेको छ ।
आइतबार राति वेम्बलेको रंगशालामा भएको ेखलमा म्यन्चेस्टर सिटी ३–० ले विजयी भयो । यो ग्वार्डिओलाको सिजनको पहिलो सफलता हो ।
सिटीलाई जिताउनका लागि सर्जियो अगुएरोले १८ औं मिनेटमै गोलको खाता खोलेका थिए ।
सुरुआतमै पछि परेपछि आर्सनल दवावमा देखियो । पहिलो हाफमा एक शून्यले अघि रहेको सिटीले दोस्रो हाफमा २ गोल थप्यो । ५८ औं मिनेटमा सिटीका कप्तान भिन्सेन्ट कोम्प्यानीले दोस्रो गोल गरे ।
६५ औं मिनेटमा डेभिड सिल्फाले डानिलोको पासमा प्रहार गरेको शक्तिशाली सट गोल भएपछि सिटी ३–० ले विजयी भयो ।
यसले प्रशिक्षकलाई पनि राहत दिएको छ । अब लगातार उपाधिका लागि सिटीले शुभ संकेत दिएको छ ।
प्रिमियर लिगमा सिटी निकै अगाडि छ ।