arrow

मन्त्री बन्न नपाएपछि संसदीय दलको मुख्य सचेतक

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार

सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा सीता नेपाली चयन भएकी छिन् ।  

माओवादी केन्द्रका तर्फबाट सुर्खेतबाट निर्वाचित सांसद सीता नेपालीलाई कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतकमा चयन गरिएको सांसद कृष्णा शाहले जानकारी दिए । 

संसदीय दलका अन्य पदाधिकारी संसदीय दलको मस्यौदा नियमावली निर्माण भएपछि मात्रै चयन गरिने सांसद शाहले बताए ।

पार्टीका तर्फबाट प्रदेश सरकारको मन्त्री बन्ने दाबी गरेकी सांसद नेपाली कर्णाली प्रदेशको संसदीय दलको मुख्य सचेतक बनेकी हुन् । 

सांसद नेपाली दोस्रो संविधानसभा निर्वाचनमा सुर्खेतबाट सांसद भएर प्रतिनिधिसभामा संसदीय दलको सचेतक बनेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ