arrow

'कांग्रेस महासमितिको वैठकले पार्टीको विधान परिमार्जन गर्ने'

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
nc-party-office.png

वैतडी । गान्धीवादी नेता महेन्द्रनारायण निधीको ९६ औँ जन्मजयन्तिका अबसरमा नेपाली कांग्रेसले जिल्ला स्तरिय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ । 

वैतडीमा मंगलवारसम्म चल्ने प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय कार्यसमितिको आयोजनामा भएको हो ।

प्रशिक्षण कार्यक्रममा देशका विभिन्न जिल्लाका कोषाध्यक्ष तथा वैतडीमा रहेका नेपाली कांग्रेस र उसका भ्रातृ तथा सुभेच्छुक संस्था, गाउँपालिका प्रमुख उप प्रमुख लगाएतको सहभागिता रहेको छ । 

अब बस्ने केन्द्रीय समितिको वैठकमा चुनावी समिक्षाबारे छलफल हुने बताउँदै त्यसपछिको महासमितिमा पनि छलफल हुने जानकारी कांग्रेसका नेता विमलेन्द्र निधीले दिए । महासमितिको वैठकले पार्टीको विधान परिमार्जन गर्ने जानकारी दिँदै उनले संघिय प्रणाली अनुसार नेपाली कांग्रेसको संगठन ढाँचा तयार हुने पनि बताए ।

नेता निधीले महेन्द्र नारायण निधिकै देनका कारण सशस्त्र आन्दोलन छाडेर नेपाली कांग्रेस अहिंसावादी आन्दोलनमा आएको बताए । 

नेपाली कांग्रेसले राजनीतिक प्रणाली जोगाउन पनि चुनाव गराएको प्रष्ट पार्दै चुनाव गराउँदा पार्टीको भन्दा जनताकै जित भएको दावी गरे । 

उनले चुनाव नभएको भए अहिले सम्मको परिवर्तननै धरापमा पर्ने तर्फ संकेत गर्दै चुनावले संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था जोगिएको बताए ।

नेपाली कांग्रेसको विषयमा बताउँदै नेता निधीले चुनावमा भएको पराजयको समिक्षा गरेर अगाडी बढ्ने उल्लेख गर्दै चुनावमा भएको अनुशासनहिन गतिविधिको विषयमा देशभरबाट रिपोर्ट संकलन भइरहेको बताउँदै आवश्यक परे केन्द्रीय प्रतिनिधि पनि खटाइने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस वैतडीका सभापति नरेन्द्र सिंह थापा, सचिब विरबहादुर विष्ट, पूर्वमन्त्री नरबहादुर चन्द, नुवाकोट कोषाध्यक्ष महेन्द्र थिङ, महिला संघ वैतडी सभापति देवी ठगुन्ना लगाएतले संवोधन गरेका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ