arrow

ओली सरकारमा यी दुई भाइले मारे इन्ट्री, किन भएन चर्चा ?

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
naradmuni-yagye.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री परिषद विस्तारको तयारी गरेका छन् । दोश्रो कार्यकालका लागि ११ दिनअघि प्रधानमन्त्री बनेका ओलीले पहिलो दिनै कसैले नसोचेको नाम बोलाएर आश्चर्यमा पार्दिए ।

अब दोस्रो पालोमा “ठूला र चर्चित“ भनिएका नामहरु मिडियामा छ्याप्छ्यापी छन् । ती मध्ये २ जनाको नाम कसैले दिएका छैनन् । ती नाम हुन्, कैलाली ५ मा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी डा. आरजु राणा देउवाको सपना उडाइदिएका नारदमुनि राना र ओखलढुंगामा काँग्रेस युवा नेता रामहरि खतिवडालाई पछारेका यज्ञराज सुनुवार ।

पश्चिम र  र पूर्वका यी दुुई भाईले अहिलेसम्म मन्त्रीको स्वाद चाख्न पाएका छैनन् । र तुलनात्मक रुपमा काँग्रेसका हेभिवेट भनिएका नेताहरुलाई हराइदिएपछि, राना र सुनुवार स्वभाविक रुपमा उनीहरुभन्दा हेभी भए । त्यसैले अहिले ओलीको नजरमा उनीहरु परिसकेको ओलीका ज्यादै निटक एक नेताले दाबी गरेका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ