arrow

फोरमले माग्याे परराष्ट्र र शिक्षा, बालुवाटारबाट निस्केपछि उपेन्द्र पदाधिकारी बैठकमा

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
upendra-yadav-600x0.jpg.jpeg

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल सरकारमा जाने लगभग पक्का पक्की भएको छ । संविधान संशोधनमा सत्ता पक्षीय दल सकारात्मक भएपछि संघीय समाजवादी फोरम नयाँ सरकारमा जान तयार भएको हो ।

विहान बालुवाटारमा पौने घण्टा छलफल भयो, फोरम अध्यक्ष उपेन्द्र यादवसँगै बैठकमा गएका एक नेताले भने, ‘संविधान संशोधनबारे लिखित सहमति गर्नका लागि कार्यदल बनाउने कुरा भयो । सरकारमा जाने विषयमा मौखिक कुरा भयो ।’

बैठकमा फोरम अध्यक्ष यादवले स‌ंविधान संशोधनबारे लिखित सहमति हुनु पर्ने कुरा राखे । प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले फाेरम अध्यक्ष यादवले राखेको प्रस्तावलाई सकारात्मक भन्दै कार्यदल बनाउने कुरा गरे ।

फोरमले दुई मन्त्रालय मागेको छ । परराष्ट्र र शिक्षा । फोरमका ति नेताले भने, ‘अध्यक्ष एक्लै जाने कुरा भएन । परराष्ट्र र शिक्षाको कुरा भएको छ । सरकारमा गए अध्यक्ष परराष्ट्रमन्त्री हुने पक्का हो । शिक्षामा कसलाई पठाउँछ थाहा छैन ।

‘आवश्यकता हेरेर संविधान संशोधन गर्दै जाने विषयमा सहमति पनि जुट्यो, बैठकमा सहभागि एमाले नेताले भने, ‘अब उपेन्द्रजी  पनि सरकारमा आउनुहुन्छ ।’

बालुवाटारबाट निस्केपछि पदाधिकारी बैठक
बालुवाटारबाट निस्केपछि फोरम अध्यक्ष उपेन्द्र यादवले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाए । मोबाइल नै अफ गरेर नेताहरु तीनकुनेस्थित पार्टी कार्यालयमा छलफलमा जुटेका छन् ।

यो मन्त्री पठाउने बैठक हो कि कार्यदल बनाउने बैठक ? जवाफमा फोरमका एक नेताले भने, ‘संविधान संशोधन लगायतका विषयमा लिखित सहमति गर्ने खाका तयार पार्न कार्यदल बनाउने भनिएको छ । कार्यदलको लागि नै बैठक बसेको हो ।’ सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, नेता राम सहाय यादव रहेको कार्यदल बनाउने तयारी यसअघि नै थियो ।

ति नेताले भने, ‘सकभर सोमबारै नभए । मंगलबारसम्म मन्त्री पठाउने कुरा हुन्छ होला ।’ अब प्रधानमन्त्री ओलीले फोरमको सहभागिता पछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने कि फोरमलाई तेस्रो पटकको पार्ने निधो फोरमकै पदाधिकारी बैठकको निर्णय पछि यकिन हुने बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ