arrow

ओलीले चार मन्त्री थप्दै : ईश्वर पोखरेल रक्षा, युवराज खतिवडा अर्थमन्त्री

रामबहादुर थापा गृह र मातृका यादव वाणिज्यमन्त्री

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
mantri1.jpg

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सोमबार दोस्रो पटक मन्त्रिपरिषद विस्तार गर्दै छन् । ओलीले अहिलेलाई दुई जना एमाले र दुई जना माओवादी केन्द्रबाट सरकारमा सहभागि गराउन लागेका हुन् ।

एमालेबाट महासचिव ईश्वर पोखरेलले रक्षामन्त्रीको सपथ लिने र पूर्वगभर्नर युवराज खतिवडाले अर्थमन्त्रीको सपथ लिने तय भएको छ ।

यस्तै, माओवादीबाट सहभागि हुने रामबहादुर थापाले गृहमन्त्रीको सपथ लिनेछन् भने, मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीको । साँझ ५ बजे शीतल निवासमा सपथ हुँदैछ ।

यस्तै, सरकारको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका खतिवडालाई सपथ नगराउनु भनि सर्वोच्च अदालतले आदेश दिएको छ । सर्वोच्चको आदेशलाई मान्ने हो भने मुद्दाको अन्तिम टुंगो नलागेसम्म खतिवडा सांसदको हैसियतमा रहने छैनन् ।

यद्यपि उनलाई मन्त्री बन्न भने संविधानले रोकावट गर्दैन । मन्त्री बनेको ६ महिनाभित्र संघीय संसदको सदस्य भइसक्नु पर्ने संवैधानिक प्रावधान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ