arrow

बढ्यो ओली सरकारको आकार : ४ मन्त्रीको सपथ, ७ कुर्सीको व्यवस्थापन

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
sapath-new.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चार जना मन्त्री थपेर दोस्रो पटक मन्त्रिपरिषद विस्तार गरेका छन् ।

प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मात्रै ओलीले वाम गठबन्धनमा रहेको माओवादीका दुई र एमालेका दुई गरी चार जनालाई समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

ओली गएको फागुन ३ गते संविधानको धारा ७६ (२) अनुसार राष्ट्रपतिबाट प्रधानमन्त्री नियुक्त भएका थिए । उनले संसदमा विश्वासको मत भने लिन बाँकी नै छ । संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नु पर्नेछ । तर, उनलाई चार जना मन्त्री थप्न मात्रै दुई हप्ता लाग्यो ।  

योसँगै ओली नेतृत्वको मन्त्रिमण्डल सात सदस्यीय भएको छ । एमालेबाट ईश्वर पोखरेल र डा. युवराज खतिवडा तथा माओवादीबाट रामबहादुर थापा र मातृका  यादवले राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ लिएका छन् ।

एमाले महासचिव समेत रहेका ईश्वर पोखरेलले रक्षा मन्त्रालयको जम्मेवारी पाएका छन् भने अर्थशास्त्री तथा राष्ट्र बैंकका पूर्व गर्भनर डा.युवराज खतिवडाले अर्थमन्त्रालयको जिम्मेवारी पाएका छन् ।

माओवादीबाट मन्त्री बनेका तेस्रो वरियताका नेता रामबहादुर थापालाई गृहमन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादी थापाकै नेतृत्वमा सरकारमा सहभागि भएको छ । अब माओवादीको पनि सत्तारोहण भएको छ । रामबहादुर थापा यसअघि २०६५ सालमा पुष्पकमल दाहालको सरकारको रक्षामन्त्री भएका थिए ।

मातृका यादवले उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मा पाएका छन् । माओवादी अध्यक्ष पहिलो पटक प्रधानमन्त्री हुँदा मन्त्री भएका यादवले स्थानीय विकास अधिकारीलाइ शौचालयभित्र थुनेका थिए । जसले उनकाे मन्त्रीपद गएको थियो ।

ओलीले आफु प्रधानमन्त्रीको सपथ लिँदा लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएका थिए । पण्डितले वातावरण र थापाले महिला बालबालिका मन्त्रालयको जिम्मेवारी पाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ