arrow

भएन फोरमको प्रगति, ओलीले त्यसै बोलाएछन् बालुवाटार

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
oli-upendra-yadav.png

काठमाडौं । संघीय समाजवादी फोरम सरकारमा जान तयार भएको भन्दै एमाले नेताहरु उत्साही भए । तर, उनीहरुले सोचेको जस्तो प्रगति भइसकेको भने रहेनछ ।

फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार प्रधानमन्त्री केपी ओलीले बालुवाटार बोलाउनुको कारण सरकारमा आउनुस् भन्न रहेछ । उहाँहरुले सरकारमा आउनुस् भन्नु भो, हामीले राजनीतिक समझदारी गरौँ त्यो पनि लिखितमा भन्यौँ,– श्रेष्ठले हाम्राकुरालाई भने ।

उनले मन्त्रालयबारे त कुरै भएन, भने । अनि सोमबार पार्टी कार्यालय तीनकुनेमा किन बैठक बस्या ? जवाफमा उनले भने, ‘हामीले आन्तरिक छलफल गरेका हौँ । अध्यक्षज्यू, वरिष्ठ नेता र हामी कार्यदलका साथीहरुबीच आन्तरिक छलफल भएको हो ।’ फोरमकै एक नेताले सरकारमा सहभागि हुनेबारे छलफल गर्न भन्दै पदाधिकारी बैठक बसेको भनेका थिए ।

सह–अध्यक्ष श्रेष्ठले कुरा लुकाए । अध्यक्ष उपेन्द्र यादवले गरेको ब्रिफबारे बोल्दै उनले भने, ‘बालुवाटारमा उहाँहरुले सरकारमा आउन भन्नु भो । राजनीतिक समझदारी गर्नुपर्छ । हामी पनि पार्टीभित्र छलफल गर्छौ भनेको, सुनाउनु भयो ।’   

श्रेष्ठले आन्तरिक छलफल भनेको बैठकमा संविधान संशोधनमा सहमति गरेर सरकारमा जाने कुरा भएको बताइएको छ । सहअध्यक्ष श्रेष्ठले कार्यदलमार्फत  राजनीतिक सहमतिको खाका बनाएर अघि बढ्ने कुरा भएको बताए । ‘कार्यदल हाम्रोमा मेरो नेतृत्वमा छ । उता सुवास नेम्बाङको नेतृत्वमा छ ।’ उनले भने।

‘राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने प्रतिवद्धता आएको छ । लिखित सम्झौता भएपछि हामी पनि सरकारमा सहभागी हुन्छौं’ फोरमका अर्का एक नेताले भनेका छन् । सरकारमा सहभागि भए फोरमले परराष्ट्र र शिक्षामन्त्रालय दिन भनेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ