arrow

रेशम चौधरी थुनामा, सपथ खान पाउलान् त ?

logo
प्रकाशित २०७४ फागुन १४ सोमबार
resham-chaudhari.jpg

कैलाली । टीकापुर घटनाको मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई कैलाली जिल्ला अदालतलाई छानविनका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश पर्शुराम भट्टराईको इजलासले रेशमलाई जिल्ला कारागार धनगढी पठाउन भनेको हो ।

२०७२ भदौ ७ गते टीकापुर भएको घटनापछि भागेका रेशमले सोमबार अदालत पुगेर आत्मसमर्पण गरे । आत्मसमर्पण गरेकै दिन उनले बयान दिए । उनको बयानपछि वादी प्रतिवादीकोतर्फबाट बहस भयो ।

कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका रेशम सपथ खाने दिन नजिएसँगै अदालतको ढोकामा आइपुगेका हुन् । उनले विजयी भएको प्रमाणपत्र पाएका छैनन् । वारेसमार्फत उम्मेदवारी दिएर चुनाव जितेका उनले वारेसबाटै प्रमाणपत्र लिन खोजेपनि पाएनन् । वारेसबाट प्रमाणपत्र लिन उनी सर्वोच्चसम्म पुगे उनको मुद्दा अदालतले सुनुवाई गर्न नसकिने भन्यो ।

भारतबाट रेशमले बारम्बार आफु संसद प्रवेश गरेरै छाड्ने बताउँदै आएका थिए । उनको बारेमा अब अदालतमा बहस भएको छ । चौधरीको तर्फबाट बहस गर्ने वकिलहरुले जनताको भारी मतबाट विजयी भइसकेका उनलाई साधारण तारेखमा छाड्नु पर्ने तर्क पेश गरे ।

तर, न्यायाधीश भट्टराईको इजलासले जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण हुन नसक्ने भनेका छन् । उनले दिएको आदेशमा ‘जनमत प्राप्त गर्नु पूर्वको फौजदारी कृयाकलापलाई पनि उत्तिकै हेक्का राख्नुपर्छ । साथै प्रतिवादीले प्राप्त गरेको जनमत गैरकानुनी कार्य छोप्ने राजनीतिक आवरण बन्न सक्दैन’ भनिएको छ ।

रेशमले आरोप अस्वीकार गर्दै आएका छन् । तर, जेलमा रहेका लक्ष्मण थारु, लाहुराम चौधरी लगायतका रेशम चौधरीको नेतृत्व र योजनामा घटना घटेको भनि बयान दिइसकेका छन् । जसले रेशमलाई अदालतको ढोकामा ल्याएको पनि बताइँदै छ । अदालतले तारेखमा छोडे उनले संसदमा आएर सपथ लिन सक्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ