arrow

आऊ मिलेर खेलौं प्रेमको होली !

logo
सोनी शर्मा
प्रकाशित २०७४ फागुन १५ मंगलबार
soni-sharma.jpg

आऊ मिलेर खेलौं प्रेमको होली 
फुकाएर गाँठो मन मुटु खोली 
आऊ मिलेर खेलौं प्रेमको होली ।

थोरै मै घोल्छु बाँकी तिमी घोल 
सप्तरंगी मायामा शीतल जल घोली 
आऊ मिलेर खेलौं प्रेमको होली ,
 
रङ्गिन लोला म बनाउँछु थोरै 
रङ्गमा पिचकारी तिमी आफै घोली  
आऊ मिलेर खेलौं प्रेमको होली ।
 
निशाना तिम्रो नचुकाई टोली
मायाको रङ्गमा भिजाउँदै चोली  
आऊ मिलेर खेलौं प्रेमको होली ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ