arrow

‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे’ को तेश्रो दिन करिब ५४ हजार अबलोकर्ताहरुद्वारा अवलोकन

भोलि र पर्सी आइसिटी सम्मेलन हुँदै

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
CAN-3.jpg.jpeg
काठमाडौ ।  राजधानीको भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे’ को आज तेश्रो दिन बिजनेश डे को अवसरमा  प्रदर्शनीमा सहभागि कम्पनी तथा डिष्ट्रिब्युसनहरुबीच विभिन्न आकर्षक अफर तथा छुट ल्याएको क्यानले जनाएको छ । व्यवसायीहरुले नगद छुट, निःशुल्क जडान, फ्रि सर्भिस, उपहार लगायतका अफरहरु ल्याएका हुन् । यस्ता अफरहरुले अवलोकनकर्ताहरुलाई थप सहुलियत मिलेको छ  । 
 
प्रदर्शनीको पहिलो दिन ३९ हजार एक सय ७७ जनाले अवलोकन गरे भने  दोश्रो दिन  ८५ हजार २ सय ५ जनाले अवलोकन गरेका थिए । आज तेश्रो दिन ५३ हजार ९ सय १ जनाले अवलोकन गरेका छन् । आज सम्ममा कुल १ लाख ७८ हजार २ सय ८३ जनाले मेलाको अवलोकन गरिसकेका छन् । 
 
ईन्फोटेकमा बिशिष्ट व्यक्ति र सेलिब्रटीहरुको पनि उल्लेख्य उपस्थित रहेको छ  । मेलाको उपप्रधान तथा रक्षामन्त्री भिम रावल, एमाले सांसद पशुपति चौलागाई, गायक प्रमोद खरेल, अभिनेत्री प्रियंका कार्की लगायतले अवलोकन गरेका छन् । मेला अवलोकन गर्नु हुदै मन्त्री रावलले समृद्ध मुलुक निर्माणका लागि प्रविधिको विकास प्राथमिक पूर्वाधार भएको वताउनु भयो । त्यस्तै नेकपा एमाले सांसद पशुपति चौलागाईले प्रविधिको महत्वका वारेमा चेतनाविस्तार गरी जनशक्ति निर्माण र सदुपयोगमा ध्यान दिनुपर्ने वताउनु भयो । उहाँले प्रविधिको विकासका लागि क्यान महासंघ र सरकार समन्वय गरेर अघि बढ्नुपर्ने वताउनु भयो ।
 
“सुबिसु क्यान ईन्फोटेक २०१६ ईन एशोसिएशन विथ हुवावे” मा शिर्ष प्रायोजक सुविसु केवलनेटले क्लियर टिभी अफर, केवल ईन्टरनेट एण्ड क्लियस टिभी कम्बो अफर, फिफ्ट ईन्टरनेट एण्ड क्लियर टिभी कम्वो अफर ल्याएको छ त्यसैगरी वेबसर्फरले ट्रिपल डाटा अफर, निःशुल्क जडान ४ जिवी सम्म टपअप सुविधा ल्याएको छ । त्यस्तै वल्र्डलिंकले पनि ट्रिपल डाटा अफर, नगद छुट, एक वर्षे प्याकेजमा वेबक्याम तथा हेडफोन निःशुल्क उपलब्ध गराएको छ । भायनेटले ४ हजार ९ सय ९९ रुपैंयामा ईन्टरनेट प्याकेज उपलब्ध गराउनुका साथै निःशुल्क जडानको सुविधा प्रदान गरेको छ ।  
 
ईन्फोटेकमा स्वस्तिक डिष्ट्रिब्युटर्सले सार्वजनिक गरेको विभिन्न फिचरजडित सिसिटिभीहरु ल्याएको छ ।  ईन्फोटेकमा सहभागि एसोसरिजका स्टलहरु पनि भरिभराउ देखिएका छन् । पावर बैंक, मेमोरी कार्ड, पेनड्राइभ, हेडफोन, म्युजिक साउन्ड सिष्टमका स्टलहरु अवलोकनकर्ताहरु बाक्लै भिड देखिन्थ्यो । त्यस्तै  स्मार्टफोन-ट्याब्लेट, एन्टीभाइरस र इन्टरनेट सेक्युरिटीका स्टलहरुमा पनि अवलोकनकर्ताहरुको आकर्षणको बिषय रह्यो ।  
 
लोडसेडिङको अन्धकारमा रहेका अवलोकनकर्ताहरुको आकर्षण भने जेनेरेटर, ब्याट्री, सोलार, युपीएस लगायतका स्टलमानै देखियो । त्यसतै प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशनस्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायत गरी ११२ कम्पनीका १८८ स्टल रहेका छन । 
 
 
भोलि र पर्सी सुबिसु क्यान आइसीटी सम्मेलन हुँदै 
 
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि आवश्यक रणनीति निर्माणका निम्ती सार्थक अन्र्तक्रिया गर्ने उद्धेश्यल  भोलि र पर्सी (माघ १८–१९) गते आइसीटी सम्मेलन हुने क्यान महास‌ंघले जनाएको छ ।आइसीटी सम्मेलन  क्यान महासंघ र ईन्टरनेट सोसाईटी नेपालले संयुक्त सहकार्यमा  होटल याक एण्ड यति, दरबार मार्गमा हुने भएको छ  ।
 
कन्फेरेन्सको  शिर्ष प्रायोजक सुविसु रहेकोले अफिसियल नाम नै “सुविसु क्यान आई.सी.टी कन्फरेन्स २०१६” रहेको छ । यस वर्षको कन्फेरेन्सको  शिर्षक  साइवर सेक्युरिटी च्यालेन्जेस एण्ड सोलुसन फर डेभलोपिङ्ग इकोनोमिज  रहेको छ । सम्मेलनमा क्रिटिकल इन्फ्रास्टक्चर एण्ड प्रोटेक्सन , कमव्याटिङ्ग साइवर सेक्युरिटि इन्सिडेन्स इन नेपाल , सेक्युरिटी अफ ई इनेवल सर्भीसेस एण्ड एप्लिकेसन , सर्भीलियन्स एण्ड प्राइभेसी विषयहरुमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विषय विज्ञहरुबाट कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ  । कन्फेरेन्सको  अवसरमा साइवर सेक्युरिटि इन्सिडेन्स इन साउथ एसिया एण्ड डेभलोपिङ्ग रिजनल कोलाब्रेसन  मा सार्क स्तरीय र  साइवर एट्याक इन फाइनानसीयल इन्फ्रास्टक्चर इन नेपाल  विषयमा प्यानल डिस्कसन हुने क्यान महासंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ