arrow

रेखाको फिल्म, सम्झनाको निर्देशन

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
samjhana-rekha.jpg

काठमाडौं । रेखा थापाको नयाँ फिल्म सम्झना उप्रेती रौनियारले निर्देशन गर्ने भएकी छन्। यस अघि ‘मेघा’ र ‘फागु’  नामक दुई फिल्म निर्देशन गरिसकेकी सम्झनाले रेखाको नयाँ फिल्मको क्याप्टेनसिपको निर्देशन गर्ने भएकी हुन् । उनले निर्देशनको लागि सम्झौता पनि गरिसकेकी छन् । फिल्मको टाइटल ‘लाल मस्तिष्क’ राखिएको छ ।

सम्झौता अनुसार निर्देशक रौनियारसंगको आर्थिक पाटोलाई खोलिएको छैन । ‘हामी फ्यामेली फ्रेण्ड हौ त्यसैले एउटा डाईरेक्टरको मिहिनेतलाई रेखाले सम्मान गर्नेछिन् भन्नेमा पूर्ण विश्वस्त छु ।  त्यसैले उ र म विच पैसाको कुनै पनि कुरा आउँदैन यो फिल्ममा ।’  निर्देशक रौनियारले न्यूज फिल्मीसंगको कुराकानीमा भनेकी छिन् । खासमा भन्नू पर्दा रेखा र सम्झाना निकै हितैषी  हुन । उनीहरु एक अर्काका ब्यक्तिगत तथा पारिवारिक भ्रमण समेत साथ’ साथै देखिन्छन् ।

प्रसिद्ध फोटोग्राफर विकास रौनियारकी श्रीमतीका रुपमा समेत चिनिने सम्झना पछिल्लो समय टिभि फिल्मी टेलिजिनमा कार्यकारी कार्यक्रम निर्माताका रुपमा जागिरे छिन् । बताईए अनुसार रेखाका ‘लाल मस्तिष्क’ को छायाँकन आउँदो जेठ ७ गते बाट सुरु हुनेछ र रिलिज भने तिहारमा हुने छ ।

फिल्मको स्टोरी कन्सेप्ट रेखा र उनका प्रोड्यूसर पार्टनर नर बहादुर कार्कीले बनाएका हुन भने स्क्रिप्ट लेखन चाँहि शिवम अधिकारीले गर्नेछन् । नर कार्कीको परिचय दिनु पर्दा उनी ईन्टरन्याश्नल लाईफ ट्रेनर  हुन । उनी ‘छोरीको निम्ति स्वर्णिम नेपाल’ का योजनाकार तथा फाउन्डर पनि हुन जसले रेखा थापालाई अघि सारेर कमजोर मनोभावना बोकेका महिलाहरुलाई प्रोत्साहन दिने कार्य गरिरहेको छ ।

यो फिल्ममा रेखाकी आमा सरस्वती थापाको प्रोड्यूसरका रुपमा निरन्तरता हुनुका साथै माईली दिदी तारा थापा राणाले पनि लगानी साँझेदार गदैछिन् । यस्तै यो फिल्मबाट नयाँ हिरोको डेब्यू हुनेछ भने संगीत सुरेश अधिकारी, छायाँकन रामशरण उप्रेती, कोरियोग्राफी बसन्त श्रेष्ठ र फाईट डाईरेक्सन राजकुमार उप्रेतीले गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ