arrow

वाम एकता : अन्तरिम विधान र जनसंगठनको खाका ल्याउन उपसमिति

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
bam_gathabandhan.jpg

काठमाडौँ । पार्टी एकताको प्रक्रियामा रहेका नेकपा  र माओवादी केन्द्रको संगठनसम्बन्धी कार्यदलले अन्तरिम विधान लेखन र जनवर्गीय संगठनको एकीकरणको खाका तयार गर्न शुरु गरेको छ ।

एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीमा मंगलबार सम्पन्न संगठनसम्बन्धी कार्यदलकोे बैठकले विधानको खाका तयार गर्न वर्षमान पुन र वेदुराम भुसाल तथा जनवर्गीय संगठनको एकीकरणको प्रस्ताव तयारीका लागि गोकर्ण विष्ट र गिरिराजमणि पोखरेल रहेको उपसमितिलाई जिम्मा दिएको एमालेका सचिव विष्टले जानकारी दिए । दुवै उपसमितिले यही फागुन २२ गते बस्ने कार्यदलको बैठकमा प्रतिवेदन पेश गर्नेछ ।

दुई दलबीच यही फागुन ७ गते पार्टी एकता संयोजन समितिको बैठकमा सहमति भएको एकीकरणका प्रारम्भिक सात आधारमा सो कार्यदल गठन भएको हो ।

गत फागुन ८ गते दुई दलबीच एकीकरणका लागि सातबुँदे प्रारम्भिक आधार तय भएपछि संगठनात्मक तथा विधान मस्यौदा कार्यदल र प्रतिवेदन कार्यदल गठन गरिएको थियो । कार्यदलको संयोजकमा केन्द्रका नेता रामबहादुर थापा छन् ।

वैचारिक प्रतिवेदन तयार गर्न एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा अर्को कार्यदल पनि गठन भएको छ । दुवै कार्यदले यही फागुन २५ गतेभित्र प्रतिवेदन बझुाए पनि आगामी चैतको पहिलो साता एकता गर्ने तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ