arrow

श्रीदेवीको पार्थिव शरीर मुम्बई आइपुग्यो, बुधबार ३ः४५ बजे अन्तिम संस्कार

logo
प्रकाशित २०७४ फागुन १५ मंगलबार
sridevi-new.jpg

काठमाडौं । बलिउड अभिनेत्री श्रीदेवीको पार्थिव शरीर युएईको दुबईबाट भारतको मुम्बई ल्याइएको छ । शनिबार राति दुबईमा दम तोडेकी श्रीदेवीको शव मंगलबार रातिमात्र मुम्बई ल्याईएको हो । 

उनको अन्तिम संस्कार बुधबार दिउँसो ३ः४५ बजे हुने जनाइएको छ । श्रीदेवीको बाथटबमा डुबेर मृत्यु भएको थियो । 

सुरुवाती चरणमा भने मृत्यु हृदयाघातका कारण भएको बताईएको थियो । तर दुबई अस्पतालले गरेको फरेन्सिक रिपोर्टमा बाथटबमा डुबेर भएको निष्कर्ष निस्किएको थियो । 

श्रीदेवीको पार्थिव शरीर मंगलबार राति ९ः३० बजे दुबईबाट मुम्बई ल्याइएको हो।  शवसंगै जहाजमा उनका पति बोनी कपुर, देवर संजय कपुर र सौतेला छोरा अर्जुन कपुरसमेत गरी ११ जना थिए । 

एयरपोर्टमा उनका अर्का देवर अनिल कपुर, अनिल अम्बानीसहित थुप्रै पुगेका थिए । 

श्रीदेवीको पार्थिव शरीरलाई बुधबार बिहान ९ः४५ बजेदेखि १२ः४५ बजेसम्म सेलिब्रेशन स्पोर्टस क्लवमा राखिने छ । 

दिउँसो २ः१५ बजे अन्तिम यात्रा निस्कने छ र ३ः४५ बजे विले पार्ले मशानघाटमा अन्तिम संस्कार हुनेछ । 

श्रीदेवी की पार्थिव देह दुबई से घर पहुंची, कल दोपहर साढ़े तीन बजे होगा अंतिम संस्कार, international news in hindi, world hindi news

लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ