arrow

सांसदमा जित्नासाथ मोहन आचार्यले व्यक्तिगत लगानीमै लगे गाउँमा बाटो

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
doger-bato.jpg

रसुवा । रसुवा जिल्ला कालिका गाउँपालिका अन्तर्गत चित्रेपानी गाँउका बासिन्दाहरु यतिबेला खुशीले गदगद छन्।

रसुवाबाट निर्वाचित सासंद मोहन आचार्यले आफ्नो व्यक्तिगत लगानीमा चित्रेपानी गाउँमा बाटो पुर्याएपछि चित्रेपानी बासीहरुको मुहारमा खुशी आएको हो।

बर्षौंदेखी बाटोको पर्खाईमा रहेका चित्रेपानी बासिहरुको आफ्नै घर अगाडी मोटर गुडेको हेर्ने चाहाना सासंद मोहन आचार्यको विजयसंगै पुरा भएको छ।

सांसद मोहन आचार्यले बाटोले नछोएका जिल्लाका सबै स्थानहरुमा आफ्नो व्यक्तिगत खर्चमा बाटो पुर्याउने अभियानको शुभारम्भ माघ २७ गते स्काभेटर र डोजर जिल्लालाई उपलव्ध गराएर शुरु गरेका थिए । 

सो अभियानबाट लाभान्वित हुने चित्रेपानी बासिहरु पहिलो भाग्यमानी बन्न पुगेका छन्।

सो अभियान अन्तर्गत पहिलो चरणमा रसुवाको कालिकास्थान गाउँपालिकाको लामाटोलबाटचित्रेपानी सम्मको करिव ४ किलोमिटर ग्रामिण सडक निर्माण सम्पन्न भएको छ।

रसुवा जिल्लाको सबै गाँउमा ग्रामिण सडक सञ्जाल पुर्याउन सासंद आचार्यले  व्यक्तिगत लगानी १ करोड ७० लाख रुपैयाँमा खरिद गरिएको स्काभेटर र डोजर जिल्लालाई उपलव्घ गरेका थिए ।

रसुवा जिल्लाको गोसाँईकुण्ड गाउँपालिको लाङटाङ ,नौकुण्ड गाउँपालिकाको केही गाउँ, पार्वतीकुण्ड गाउँपालिकाको हाकु, सानो हाकु, नेसिङलगायतका ठाउँहरुमा अहिले पनि मोटर बाटो पुग्न सकेको छैन ।

घर अगाडी मोटर बाटो आईपुग्दा भुकम्पबाट पिडीतहरुलाई घर निर्माणमा प्रत्यक्ष सहयोग पुगेको स्थानिय बासिहरुको भनाई छ। यसले पुनर्निर्माणमा संलग्न जनताहरुको ढुवानी लागत आघा घटाएको उनीहरुले बताए।

अब दोश्रो चरणमा पासाङलामु राजमार्गको पराङक्षे बाट पात्ले जोड्ने सडक खन्ने काम शुरु हुने छ। यो सडकको लम्बाई करिब २ किलोमिटर छ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ