arrow

डा शशांकको निवासमा कांग्रेस सांसदहरुको ‘होली मिलन’, संसदीय दलको नेता बन्न रणनीति

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
sashank-koi-mn.jpeg

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको निवासमा बुधबार बिहान ‘होली मिलन समारोह’ हुँदैछ । 

होलीको नाम दिएर महामन्त्री कोइरालाले निर्वाचित तथा समानुपातिक सबै काँग्रेसका सांसदहरुलाई ‘लञ्च’ का लागि डाकेका हुन् । 

काँग्रेसभित्र संसदीय दलको नेताका लागि चुनावी रस्साकस्सी चलिरहँदा महामन्त्री कोइरालाले लञ्च मिटिङ डाकेका हुन् । 

संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य प्रकाशमान सिंहले उम्मेदवारी दिने बताइसकेका छन् । 

यो अवस्थामा डा कोइरालाले आफूलाई सर्वसम्मतको प्रयास गरिरहेका छन् । कोइरालाले सर्वसम्मत भएमात्र आफू संसदीय दलको नेता बन्ने बताइसकेका छन् । 

संसदीय दलको नेताका लागि फागुन २१ गते सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन हुनेछ । 

संघीय संसदको बैठक (अपरान्ह ४ बजे) बस्नुअघि काँग्रेसले संसदीय दलको नेता चयन गर्ने चुनावी कार्यतालिका छ । 

निर्वाचनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने, २० गते उम्मेदवारी दर्ता गर्ने र २१ गर्ने निर्वाचन गर्ने निर्वाचन समितिले जनाएको छ । 

के छ सम्भावना ? 
संसदीय दलको नेताका लागि शेरबहादुर देउवा छाड्ने मनस्थितिमा छैनन् । उनले आफ्ना ५९ सांसदहरु रहेको भन्दै देउवाले आफू नै संसदीय दलको नेता बन्नेमा ढुक्क छन् । 

तर देउवा पक्षकै डा नारायण खड्का र प्रदीप गिरिजस्ता नेताहरुले भने युवाहरुले काँग्रेसमा परिवर्तन आउनुपर्छ भन्दै लगिरहेको सन्दर्भ जोडेर देउवालाई पछाडि हट्न आग्रह गरेका छन् । 

पाँच वर्षसम्म पुनः सरकारमा जाने सम्भावना नरहेकाले संसदीय दलको नेता जो बने पनि फरक नपर्ने सन्दर्भ सुनाएर उनीहरुले देउवालाई सहमति गराउन खोजिएको बुझिएको छ । 

तर देउवा पक्षका सांसदहरुले प्रकाशमान सिंहलाई भने सहमति नगर्ने स्पष्ट पारिसकेका छन् । 

वरिष्ठ नेता रामचन्द्र पौडेलले पत्र बाँडेको काण्ड चर्किएपछि कुनै पनि हालतमा देउवा पक्षका सांसदहरु रामचन्द्र पक्षधरलाई फर्केर हेर्न खोजिरहेका छैनन् । 

तर कोइरालाको पक्षमा भने सहमति हुन सक्ने देखिएको छ । 

डा शशांक कोइराला विवादरहित रहेकाले उनलाई सहमति गर्न सकिने देउवा पक्षका केही सांसदहरुको जोड छ । 

शशांक अगाडि बढ्दा प्रकाशमान स्वतः पछाडि हट्ने बुझिएको छ । 

शशांक र प्रकाशमानको क्याम्प एउटै हो । 

रामचन्द्रले गत सोमबार आफ्नै निवासमा संसदीय दलको नेता बनाउने विषयमा ‘चिया पार्टी’ गरेका थिए । 

आफ्नो खेमाका मात्र सांसदहरु रहेको उक्त चिया पार्टीमा रामचन्द्रले प्रकाशमानको पक्षमा लबिङ गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ