arrow

देउवाले महामन्त्री कोइरालाको दिवाभोजमा नै पुगेर दिए दलको नेतामा उम्मेदवारी घोषणा

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
deuba10.jpg

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाद्वारा आफ्नै निवास टोखामा आयोजित दिवा भोजमा पुगेका नेपाली कांग्रेसका सभापति शेर वहादुर देउवाले कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी घोषणा गरेका छन । महामन्त्री कोइरालाले फागु पूर्णिमाको अवसरमा गरेको होली मिलन समारोहमा केहि समय सहभागि भइ फर्कने क्रममा पत्रकारहरुको प्रश्नको जवाफ दिदै सभापति देउवाले संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी रहने बताएका हुन् ।

होली मिलन कार्यक्रममा सहभागि हुन महामन्त्री कोइरालाले निर्वाचित तथा समानुपातिक काँग्रेसका सबै सांसदहरु तथा केन्द्रीय सदस्यहरुलाई दिवा भोजका लागि डाकेका थिए । महामन्त्री निवास टोखामा अधिकाशं शिर्ष अन्य नेताहरु दिवा भोजमा सहभागि हुन पुगेका थिए। काँग्रेसमा संसदीय दलका नेता छान्न चुनावी प्रतिष्पर्धा हुने बताइरहँदा सर्वसम्मत हुने अवस्थामा काँग्रेसका महामन्त्री कोइरालाले संसदीय दलको नेता बन्न इच्छा देखाएका छन् ।

कोइरालाले सर्वसम्वत रुपमा संसदीय दलको नेता हुनको लागि माहौल बनाउन दिवा भोज आयोजना गरेको कतिपयको बुझाइ रहेको छ। महामन्त्री कोइरालाले सर्वसम्वत रुपमा पाए दलको नेता हुने तर निर्वाचनमा नजाने यस अघि नै बताएका छन् । पूर्वमहामन्त्री प्रकाशमान सिहले समेत संसदीय दलको नेताको लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।  

निर्वाचनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने, २० गते उम्मेदवारी दर्ता गर्ने र २१ गर्ने निर्वाचन गर्ने निर्वाचन समितिले जनाएको छ ।

महामन्त्री कोइराला भने अहिले पनि सहमतिमा नै दलको नेता चयन गर्नुपर्ने बताउदै आएका छन् । उनले अहिलेको परिस्थितिमा राम्रो सन्देश दिन समेत सहमतिमा नै दलको नेता चयन हुनु पर्ने बताएका छन्। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ