arrow

विप्लवलाई पक्राउ पूर्जी जारी गरेको जवाफमा केपी र प्रचण्डलाई नेकपाले पक्राउ पूर्जी जारी गर्ने

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
netra-bikram-chand-biplap.jpeg

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष  पुष्पकमल दहाल प्रचण्ड विरुद्ध पक्राउ पूर्जी जारी गर्ने  प्रतिक्रिया जनाएको छ । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका नाममा सरकारले पक्राउ पुर्जी जारी गरे लगत्तै प्रतिक्रिया आएको हो ।

नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्डले एक विज्ञप्ती जारी गर्दै सरकारले जारी गरेको पक्राउ पुर्जी र कानुनी धम्कीलाई पूरै खारेज गरेको बताएका छन् । उनले विज्ञप्तीमा भनेका छन्, “पूर्जी टाँस्ने अदालत र प्रहरी प्रशासनको हर्कतको पार्टी घोर निन्दा र भत्र्सना गर्दछ । यस्तो झुट, कपोकल्पीत, षड्यन्त्रमूलक, हाँस्यास्पद र राजनैतिक चरित्र हत्या गर्न गरिएको प्रपञ्च यथाशक्य रोक्न ओली सरकार र त्यसका अदालत तथा प्रहरी प्रशासनीक निकायलाई हाम्रो पार्टी कडा चेतावनी पनि दिन्छ ।”

नेकपाले यसखालको दमन राणा शासनका विरुद्ध २००७ साल अघिदेखि र अहिले चलिरहेको संघर्षसम्म शासकहरुले गर्दै आएको बताउँदै त्यसको घोर भत्र्सना पनि गरेको छ ।

अहिले ओली–प्रचण्डको नेतृत्वमा वामगठबन्धन सरकारले पनि विगतको इतिहास र जनयुद्धका बेलाका शासकहरुले गरेको दमनलाई माथ गर्ने गरी दमन सुरु गरेको नेकपाले जनाएको छ । विज्ञप्तीमा भनिएको छ, “खबरदार ओली प्रचण्ड गठबन्धनको ओली सरकार ! हत्या, हिंसा, झुट्टा मुद्दा, धरपकड र दमनले श्रमजीवी जनताको क्रान्ति र आन्दोलन कहिलै मर्दैन, बरु यो ज्वालामुखीको रुपमा विष्फोट भएर शासक वर्गकै अन्त्यष्टी गर्दछ ।”

नेकपाले यदि यस्ता हर्कत कायमै राखेमा केपी ओली र पुष्पकमल दाहाल प्रचण्डका विरुद्ध पनि जनताको जनअदालतले पक्राउ पुर्जी जारी गर्ने चेतावनी पनि दिएको छ । उनीहरुका हर्कतका विरुद्ध पक्राउ पुर्जी जारी गरी नेकपाले सञ्चालन गरेको जनसत्ताको जनअदालतले कारवाहीको सुरुवात पनि गर्ने चेतावनी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ