arrow

अर्थ मन्त्रालयमा व्यवसायीहरुको 'मेला', केका लागि भेला ?

logo
प्रकाशित २०७४ फागुन १६ बुधबार
Ministry-Finance-hamrakura-1.jpg.jpeg

काठमाडौं । नयाँ अर्थमन्त्रीको रुपमा नेकपा एमालेका नेता डा युवराज खतिवडा आएसँगै अर्थमन्त्रालयमा अहिले व्यवसायीहरुको भीड लाग्न थालेको छ । व्यवसायीहरुको भीडले गर्दा अहिले अर्थमन्त्रीको चेम्बर वरिपरी खुट्टा हाल्ने ठाउँ नै हुन छाडेको छ । अहिले व्यवसायीहरुलाई अर्थमन्त्रालय धाउँदा एउटै भेटाईमा दुईवटा काम सम्पन्न हुने भएको अर्थमन्त्रालयका अधिकारीहरुले बताएका छन् । 

मंगलबार अर्थमन्त्रालयमा अर्थमन्त्रीको चेम्बर बाहिर सुटपाईन्टमा सजिएका मानिसहरुको भीडले खुट्टा हाल्ने ठाउँ थिएन । उनीहरु आफू आफूमा व्यवसायका सुख दुखका कुरा गरिरहेका थिए । उनीहरु नेपाल चेम्बर अफ कमर्स र नेपाल हिमालय सिमापार व्यवसायीहरुका प्रतिनिधि मण्डल थिए । 

उनीहरुको मूल ध्येय भनेको नै सुरुमा अर्थमन्त्रीलाई बधाई एवं शुभकामना दिने र पछि आफ्ना दुख पोख्ने योजना रहेछ । अर्थमन्त्रीसँग साँझसम्मै पनि भेट्नको लागि कुरेर बसेका उनीहरुले अन्तिमसम्म भेट्न केही समय पाएको बुझिन आएको छ । 

अहिले व्यवसायीहरु आगामी बजेटमा आफ्ना समस्या समाधानको लागि विन्ती विसाउन आउने गरेको भेटिएको छ । सरकारले पटकपटकको आर्थिक आर्थिक ऐनमा धेरै अपत्यारिलो पाराले व्यवसायीहरुलाई पोस्ने गरेको भेटिएको छ । यही अवस्थामा बजेट बनाउने समय आउँदै गर्दा अर्थमन्त्रालयमा भने व्यवसायीहरुको 'मेला' नै लाग्ने गरेको छ । 

सोमबार अर्थमन्त्रीको रुपमा पदभार ग्रहण गरेसँगै अर्थमन्त्री युवराज खतिवडाले अर्थमन्त्रालय आफ्ना मान्यता अनुसार हाँक्ने बताएका छन् । उनको यो अभिव्यक्ति र अर्थमन्त्रालया देखिएको भीडलाई हेर्दा अर्थमन्त्री युवराज खतिवडाको कार्यकालको परीक्षा सुरु भएको बताउने गरिएको छ ।

खतिवडाले अर्थमन्त्री बनेपछि विगतमा आफूले लिएका मान्यताहरु अनुसार नै वर्तमानमा पनि त्यसै अनुसार अघि बढ्ने बताएसँगै खतिवडाको अभिव्यक्तिलाई राष्ट्रिय महत्वका केही आयोजनाहरुका सन्दर्भमा जोडेर मात्रै हेरिएको छैन उनले राजश्व संकलनमा देखिएका समस्यालाई चिर्ने र अव्यवहारिक रुपमा दिईएका करका व्यवस्थाहरुलाई रोक्न र व्यवसायीहरुको माग पूरा गरेर अघि बढ्छन् ? त्यो भने हेर्न बाँकी नै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ