arrow

माओत्सेतुङको बाटोमा चिनियाँ राष्ट्रपति, सि आजीवन राष्ट्रपति !

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ फागुन १६ बुधबार
xi.jpg

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको पछिल्लो पटकको एउटा निर्णयले दुनियाँलाई आश्चर्यमा मात्रै पारेको छैन यसले गम्भीरता पनि थपेको छ । केही दिन अघि बसेको चिनियाँ कम्युनिष्ट पार्टीको बैठकले दुई कार्यकाल भन्दा बढी राष्ट्रपति या प्रधानमन्त्री बन्न नपाउने मौजुदा व्यवस्थालाई खारेज गर्दै यसको सीमा असिमित बनाईदिएको छ । 

सन् १९८२ सालको संविधान अनुसार लागू भएको यो सीमाको अन्त्य भएसँगै अहिलेका राष्ट्रपतिलाई माओ त्सेतुङको जस्तै आजीवन राष्ट्रप्रमुख बन्नको लागि बाटो खुल्ला भएको छ । चिनियाँ सरकारी मिडियाले यसलाई एकदमै आवश्यक र जायज कदम मानेका छन् । तर, पश्चिमा मुलुकहरुले भने यो तानाशाही प्रवृत्तिको उपज रहेको बताईरहेका छन् । अहिलेका राष्ट्रपति सिको दोस्रो कार्यकाल हालै मात्रै सुरु भएको छ । उनको यो कार्यकालको समयावधि २०२२ सम्मको लागि छ । 

पश्चिमा मुलुकहरुले अहिले यो प्रस्तावको आवश्यकता किन पर्यो भन्दै प्रतिप्रश्न सुरु गरेका छन् । सिको दोस्रो कार्यकाल सुरु भएपछि ल्याईएको यो प्रस्ताव सिले आफ्नै लागि ल्याएको आरोप पनि लाग्न थालिसकेको छ । उनले आफ्नो उत्तराधिकारी नदिनु र अहिले आएर संविधान संशोधन गर्नुले पनि यो कुरालाई भने केहीहदसम्म पुष्टि गरेको छ । 

सिको सिल्क रोड प्रोजेक्ट, भ्रष्टचार विरोधी अभियान लगायतका कारण सि चीनमा लोकप्रिय पनि रहेका छन्। तर, उनले पछिल्लो समय देखाएको व्यवहारबाट भने उनी अव आजीवन राष्ट्रप्रमुख बन्ने प्रयासमा रहेको देखिएको छ । यो व्यवस्था र चिनियाँ जनतामा सिले छाडेको सकारात्मक प्रभावका कारण सिले नै आजीवन राष्ट्रपति खानको लागि संविधान संशोधन गरेको आरोप सिमाथि परेको छ । 

एजेन्सीको सहयोगमा
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ