arrow

पर्सा जिल्ला प्रहरी कार्यालय अगाडी नै व्यापारीमाथि गोली प्रहार, भयको राजनीति

सुरक्षा व्यवस्थामाथि प्रश्न

logo
बिजय चौहान,
प्रकाशित २०७४ फागुन १७ बिहिबार
goli-kanda-parsa.jpg

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय अगाडी नै बुधबार राती अज्ञात हतियारधारीले गोली प्रहार गर्दा एक युवक गम्भिर घाइते भएका छन् । जिल्लाको  सुरक्षा व्यवस्थालाई कमजोर सावित गर्दै हतियारधारीले राती साढे नौं बजेको समयमा गोली प्रहार गर्दा युवक गम्भिर घाइते भएका हुन ।

धागोको कारोवार गर्ने वीरगन्ज महानगरपालिका वडा नम्बर १३ रानीघाट निवासी ३२ वर्षीय उमेश प्रसाद चौरसिया घरतर्फ जानेक्रममा हतियारधारीले गोली प्रहार गरि घाइते बनाएको प्रहरीले जनाएको छ।

घाइते चौरसियाको वीरगन्जको नारायण उपक्षेत्रीय अस्पतालमा उपचारकालागि भर्ना गराएपनि उनको स्वास्थ्य स्थिती जटिल बन्दै गएपछि थप उपचारकालागि काठमाण्डौको विर अस्पतालमा रेफर गरिएको उपक्षेत्रीय अस्पतालका चिकित्सकले जनाएका छन् । चौरसियाको दाहिने कोखामा लागेको गोलीका कारण आन्तरिक रक्तस्राव भएको र सोही कारण रक्तचाप समेत अनियन्त्रित हुदै गएपछि थप उपचारकालागि रेफर गरिएको चिकित्सक बताएका छन् ।

चौरसियामाथि गोली प्रहार गर्नेकोे खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्नलाई पक्राउ गर्न वीरगन्जसँग सिमाना जोडीएका क्षेत्रमा चेकजाँचलाई तिव्र पारिनुको साथै नगरमा भित्रीले र बाहिरीने बाटोमा सेमत चेकजाँच भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता  प्रहरी नायब उपरिक्षक राजन लिम्बूले बताए । जिल्ला प्रहरी कार्यालय अगाडी भएको गोली प्रहारको घटनाले वीरगन्जवासीलाई त्रसित बनाएको साथे लामो समयदेखि विद्यमान रहेको जिल्लाको शान्तिलाई समेत भंग गरेको छ। 

जिल्लाको वर्तमान प्रहरी अधिकृतहरु बीच मौलाउदै गएको अनियमित्ता र भ्रष्टाचारले अपराध गर्न अपराधीहरु हौसिएको वीरगन्जबासिले आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालयको गेट नजिकै युवकलाई गोली हानी अपराधी सहजै फरार भएको घटनाले प्रहरी भूमिकामाथि पनि प्रश्न उठेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ