arrow

उदितनारायण झा सप्तरीमा, किन आए ? 

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
udit-narayan.jpg

राजविराज । प्रसिद्ध पाश्र्व गायक उदितनारायण झा एक दशकपछि होली मनाउन आफ्नो गाउँ सप्तरीको भारदह आएका छन् । 

जेठी श्रीमती रञ्जना झासँगै आएका झा करिब एक साता सप्तरी बस्ने भएका छन् । यस वर्षको होली गाउँमा आफन्तसँगै मनाउने उनले बताएका छन् ।

उदितलाई भेट्न घरमा आउने गाउँले र प्रशंसकलाई मिठाई खुवाउँदै उनले होलीको शुभकामना दिने गरेका छन् । झा गाउँ आउनेबित्तिकै भारदहस्थित प्रसिद्ध कंकालनी मन्दिरमा पूजा गरे ।

नेपाली फिल्म कुसुमे रुमालमा अभिनय र गायनबाट प्रसिद्ध बनेपछि बलिउड पुगेका झाले दीपा गहतराजसँग प्रेम विवाह गरेका थिए । जेठी श्रीमती रञ्जनासँग चिसिएको उनको सम्बन्ध हाल सुमधुर भएको पारिवारिक स्रोतले जनाएको छ ।

जेठी श्रीमती रञ्जनालाई सार्वजनिक रुपमा श्रीमति स्वीकार नगरेपछि उदितविरुद्ध नेपाल र भारतका महिला अधिकारकर्मीले विरोध गरेका थिए ।

रञ्जनालाई श्रीमति स्वीकार्नुपर्ने भन्दै उनकै गाउँ भारदहमा समेत प्रदर्शन भएपछि उनी घर फर्केका थिएनन् । 

जेठी श्रीमतीसँग सम्बन्ध सुधार भएपछि घरायसी कामका लागि भारदहस्थित घर आएका उनी बिहारको सुपौल जिल्लास्थित अरर्हा निर्मलीस्थित ससुराली (जेठी श्रीमतीको माइती) पनि पुगेका छन् ।

सन् १९८८ मा हिन्दी फिल्म कयामत से कयामत तकको ‘पापा कहते है वडा नाम करेगा’ बोलको गीतबाट जमेका उनी लामो समयदेखि भारतको मुम्बईमा बस्दै आएका थिए । उनका दाजुभाइ भने सप्तरीको भारदहमै बस्छन् ।

सामान्य परिवारमा १ डिसेम्बर सन् १९५५ मा जन्मेका उदितले भारदहमा लाखौं लगानीमा आकर्षक घर बनाएका छन् । 

घर छेउको इलाका प्रहरी कार्यालय भारदह स्थापना तथा कंकालनी भगवती मन्दिर निर्माणका लागि उनले सहयोग गरेको भारदहका पूर्व गाविस अध्यक्ष पवन मण्डल बताउँछन् । 

उनले मैथिली, नेपाली, हिन्दी लगायत ३० भाषामा झण्डै १५ हजार भन्दा बढी गीत गाइसकेका छन् । (अन्नपूर्ण पोष्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ