arrow

सिभिल होम्सले निर्माणगरेका भवनमा कम क्षति

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
सिभिल-होम्स.jpg.jpeg
काठमाडौं। गत वैशाखमा गएको विनाशकारी भूकम्पका कारण हाउजिङ क्षेत्रमा ठूलो नोक्सानी पुयाएको भए पनि सिभिल होम्स प्रालिले निर्माण गरेका भवनमा नगन्य क्षति भएको बताइएको छ । सिभिल होम्स प्रालिले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै होम्सअन्तर्गत रही निर्माण भएका व्यक्तिगत र व्यावसायिक प्रयोजनका केही भवनमा आंशिकमात्र क्षति पुगेको आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
 
सम्मेलनमा बोल्दै सिभिल होम्सका सल्लाहकार खेम खरेलले २०५७ सालदेखि आफ्नो सेवा सुरु गरेको होम्सले हालसम्ममा दुई हजार आवासीय भवन निर्माण गरी नागरिकलाई प्रदान गरिसकेको बताएको छ । त्यसैगरी, प्राविधिक सल्लाहकार सुशील उपाध्यायले भूकम्पले हाउजिङक्षेत्रमा ९० प्रतिशत नोक्सानी पारेको भए पनि मजबुत भवन निर्माणका कारण सिभिल होम्सले निर्माण गरेका भवनमा क्षति नपुगेको ठोकुवा गरे । 
 
इन्जिनिएर पियुष प्रधानका अनुसार काठमाडौँको मुटु सुन्धारामा रहेको सिटिसी मल पनि पूर्णरुपमा सुरक्षित रहेको भन्दै प्रत्येक तलामा विभिन्न किसिमका ठूला पसल र विभिन्न कम्पनीका सर्भिस सेन्टर रहेको जानकारी गराए । पन्ध्र वर्षको अन्तरालमा होम्सले भैँसेपाटी, कलङ्की, तीनथाना, सुनाकोठी, धापाखेल, खुमलटार, सीतापाइला र सुन्धारामा आफ्नो क्षेत्र विस्तार गरिसकेको पनि विज्ञप्तिमा उल्लेख गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ