arrow

वाम गठबन्धनको असफलता कि फोरमको बार्गेनिङ पावर बढी ? 

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
oli-prachanda-yadav.jpg

काठमाडौँ । सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच पटक पटक वार्ता भए पनि सहमति जुट्न सकेको छैन । 

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने निरन्तर वार्तामै रहेका छन् । 

फोरमका अध्यक्ष उपेन्द्र यादव वार्तामै छन् । उनी सरकारमा जान लालायित छन् । 

यादवले राष्ट्रिय जनता पार्टी राजपासंगको सम्बन्ध जस्तोसुकै भए पनि केन्द्र सरकारमा ओलीसंग जोडिन खोजिरहेका छन् । 

त्यसकै लागि उनी प्रयासरत छन् । 

संविधान संशोधन उनको बटम लाइन भए पनि स्रोत भने मन्त्रीको भागबण्डा नमिलेकाले सरकारमा जान ढिलाइ भएको बताउँछ । 

यसअघि बसेका वार्ताहरु सकारात्मक भइरहेका छन् । केही तिमी छोड केही म छोड्छु भने जसरी नै नेताहरु सत्तामोजका लागि तयार रहेको बुझिन्छ । 

बैठक सकारात्मक भइरहँदा थप छलफल गर्न बिहिबार बिहान ९ बजे बालुवाटारमा बैठक बसी निष्कर्षमा पुग्ने बताइएको छ । 

फोरमका एक नेता भन्छन् –बार्गेनिङ चलिरहेको छ, छिट्टै यसको अन्त्य हुन्छ ।’

सरकारमा जानेबारे उनले भने, ‘सरकारमा नजाने भएको भए किन वार्तामा बस्नुपर्दथ्यो र ।’

ओली नेतृत्वको सरकारमा गएपछि राजपाको सम्बन्ध बिग्रने हो कि भन्ने सम्बन्धमा उनको सटिक जवाफ छ ‘केन्द्र छाडेर प्रदेशमा मात्र खुम्चेर बस्नु ?’

यसबाट बुझिन्छ फोरम बार्गेनिङ गरिरहेको छ र केपी ओली आफ्नो अडानलाई यथावत राखिरहेका छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ