arrow

ओलीलाई फ्लप पार्ने को हुन् यी ? 

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
kp-oli-new.jpg.jpeg

काठमाडौं । केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री बनेपछि सबै सपथ नै नलिएका सांसदलाई उर्दी जारी गरेका थिए –औपचारिक कार्यक्रममा अनिवार्य दौरासुरुवाल लगाउनु । 

तर संसद बस्नै नपाई ओलीको निर्देशनलाई राजपाका सांसद महेन्द्र यादव (महेन्द्र प्रसाद यादव) ले तोडेर देखाएका छन् । 

ज्येष्ठ सांसदको हैसियतले प्रतिनिधिसभा पहिलो बैठकको अध्यक्षता गर्दा यादवले दौरासुरुवाल नलगाउने अडान लिएपछि संघीय संसद् सचिवालय नै अप्ठ्यारोमा परेको छ। 

ज्येष्ठ सांसदले पहिलो बैठकको अध्यक्षता ग्रहण गर्दै अन्य सांसदलाई सपथ खुवाउने चलन छ । 

प्रतिनिधिसभाको फागुन २१ गते अपरान्ह ४ बजे पहिलो बैठक बस्दैछ । यादवले दौरासुरुवाल नलगाउने बताइसकेका छन् । 

यादवले पहिले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिनेछन् अनि बाँकी सांसदलाई शपथ गराउनेछन् । 

फागुन २९ अघि नै सभामुखको चयन हुनेछ । त्यतिन्जेलसम्म यादवले नै सभामुखको भूमिका निर्वाह गर्नेछन् ।

संसद सचिवालयले बुधबार ५ दलका नेतासँग गरेको छलफलमा यादवलाई दौरासुरुवाल लगाउन गरेको आग्रह ठाडै अश्विकार गरे । 

यादवले भनेका छन्, ‘दौरासुरुवाल लगाउनुपर्ने व्यवस्था कुन संविधान र ऐनमा छ ?’ ।

यादवको संकेत के हो ? 
महेन्द्र यादवले राजपाको प्रतिनिधित्व गर्दा सिंगो एमाले र माओवादी केन्द्रलाई पनि चुनौती हो । यो चुनौती भनेको पहिचानको चुनौती पनि हो । 

आफ्नो अडानमा उनी अडिक रहे भने पोशाक र पहिचानको मुद्दा केन्द्रमा पनि राजपाले कायम राख्नेछ । 

यसपटकको संकेत र अडान भने एमालेप्रति पनि देखिएको छ । बाम गठबन्धनले संघीय समाजवादी फोरम नेपाललाई सरकारमा लैजाने प्रयास गर्दा राजपालाई बोलाएको छैन । 

यो विभेदलाई यादवले राम्रैसंग जवाफ दिएका छन् । प्रधानमन्त्री ओलीको निर्देशन र आग्रहलाई फ्लप पार्दा के असर पर्ने हो त्यसको ट्रेलर हेर्न त फागुन २१ नै कुर्नुपर्ला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ