arrow

सिटौला समुहका भिसमेनदास संसदीय दलको चुनावका लागि देउवाको पक्षमा खुले

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
sher-bhimshen.jpg

काठमाडौं।  काँग्रेस नेता भिमसेनदास प्रधानले पार्टी सभापतिको इच्छा रहेसम्म संसदिय दलको नेतामा अरुको दावी उपयुक्त नहुने बताएका छन्।

पार्टी सभापतिले चाहे सम्म कसैले दलको नेता हात पार्न नसक्ने भन्दै पुर्व रक्षामन्त्री समेत रहेका नेता भिमसेनदास प्रधानले पार्टी सभापतीको इच्छा रहेसम्म दलको नेता उहाँनै स्वभाविक हुने बताएका हुन्।

सिटौला समुहमा प्रभावशाली मानिएका प्रधानले भने, सभापतीले नै मेरो इच्छा छैन भन्नुभयो भने स्वभाविक हुन्छ, त्यो समय सापेक्ष पनि हुन सक्छ, यो पार्टीको आन्तरिक चुनाव पनि हो, यसलाइ सबैले स्वभाविक लिनु पर्छ ।

आगामी २१ गते हुने कांग्रेस संसदिय दलको चुनावका लागि सभापती देउवा र पुर्व महामन्त्री प्रकाशमान सिंहले दावी गर्दै आएका छन्।

बुधवार महामन्त्री डा शशांक कोइरालाको निवासमा भएको लन्च मिटिगमा नै  देउवाले आफ्नो उमेदवारी घोषणा गरिसकेका छन्।

सिटौला समुहका तीन सांसद मध्ये प्रधान सहित अर्का सांसद उमाकान्त चौधरीले पनि दलको नेतामा देउवालाइ नै रोज्ने सम्भावना रहेको बताइएको छ। तर अर्का प्रभावशाली मानिने गगन थापाको समर्थन कसलाइ भन्नेमा खुलिसकिको छैन । तर उनी नेतृत्व परिवर्तनको पक्षमा रहेको बताउँदै आएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ