arrow

अनलाईनमा पत्रकार आचारसंहिता पालना आवश्यक

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
प्रेस-काउन्सिल.jpg.jpeg
काठमाडौं ।अनलाइन समाचार माध्यममा आएको तीव्र विकाससँगै पत्रकार आचारसंहिता उल्लङ्घनका घटनामा भएको बढोत्तरी हटाउन आवश्यक भएकोमा जोड दिइएको छ । प्रेस काउन्सिलमा आज आयोजित छलफल कार्यक्रमका वक्ताले अनलाइन माध्यमले प्रेस स्वतन्त्रताको उपयोग गर्दा पत्रकार आचारसंहिताको पालना हुनुपर्छ भन्ने कुरा बिर्सन नहुने धारणा राखेका थिए । 
 
उनीहरुले अनलाइनका कस्ता समाचार साइवर अपराधअन्तर्गत पर्ने र कस्ता समाचार नपर्ने भन्ने स्पष्ट नहुँदा समस्या परेको बताए । कार्यक्रममा काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले अनलाइन माध्यमको दुरुपयोग गर्नेलाई कठोर कारबाहीको आवश्यकता रहेको बताउँदै ‘फेसबुक’ र ‘ब्लग’लाई पनि कानुनको दायरामा ल्याउन आवश्यक रहेकामा जोड दिए । 
 
उनले दर्ता नगरी अनलाइन सञ्चालन गर्नेलाई बन्देज लगाउने तयारी भइरहेको जानकारी दिनुभयो । महानगरीय अपराध महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक सर्वेन्द्र खनालले बिना दर्ता, बिना ठेगानाका अनलाइनलाई नियमन गर्न आवश्यक रहेकोमा जोड दिए । उनले पत्रकारको नाममा साइवर अपराधका कार्यसमेत भइरहेको बताउँदै त्यसलाई रोक्न नसके समग्र पत्रकारिता क्षेत्रकै विश्वसनीयतामा कमी आउने बताए ।
 
कम्प्युटर एसोसिएसन नेपाल(क्यान)का पूर्व अध्यक्ष विप्लवमान सिंहले प्रायः अनलाइनले बिहानै ‘पत्रपत्रिका’ भनेर अनुमतिबिना अन्य पत्रिकाको समाचार दिने कार्यपनि प्रतिलिपी अधिकारको हनन् भएको बताए । आइटी सर्ट नेपालका अध्यक्ष राजनराज पन्तले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल सूचना प्रविधि सुरक्षामा अत्यन्त कमजोर अवस्थामा रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ