arrow

श्रीदेवीका लागि बोनीको अन्तिम पत्र : दुनियाँका लागि चाँदनी थिइन्, 'मेरो त प्राण'

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
sheree_devi.JPG

एजेन्सी । भारतीय अभिनेत्री श्रीदेवीको शव यात्रामा देखिएको लाखौंको भीडले देखाउँछ, उनको निधनले कतिलाई मर्माहत बनाएको छ । श्रीदेवीको अभावमा मर्माहत बन्ने लाखौंको भीड भन्दा अझ माथिका एक पात्र हुन् उनका श्रीमान् बोनी कपुर ।

श्रीमतीको शवमा दागबत्ति दिएको केही समयपछि बोनीले मर्माहत नोट सार्वजनिक गरे । दिवंगत पत्नीको नाममा सार्वजनिक कारुणिक पत्रमा बोनीले श्रीदेवीलाई आफ्नो जिन्दगीको प्यार र परिवारको मार्गदर्शक भनेका छन् । चलचित्र निर्माता बोनीले पत्रमा अब आफ्नो ध्यान श्रीदेवीबाट जन्मिएका आफ्ना दुुई छोरी जानभी र खुशीलाई कसरी संरक्षण गर्ने भन्नेमा केन्द्रित रहेको पनि लेखेका छन् ।

“एउटा साथी, श्रीमती र दुुई छोरीकी आमालाई गुमाउनुको पीडा शब्दमा भन्न सकिन....अर्जुन र अन्शुलाको मायाँ र सहयोग पाउनु मेरो लागि भाग्यको कुरा हो, अनि खुशी र जानभी मेरो शक्तिका खम्बा हुन्,“बोनीले भनेका छन्, हामीले यो सहनै नस्कने पीडाको सामना गर्ने प्रयास गरेका छौं । पीडाको यो घडीमा आफुलाई जट्टानले झैं आडभरोसा दिने परिवारका सदस्य, साथी, सहकर्मी, शुुभेच्छुुक सबैलाई उनले धन्यवाद भनेका छन् ।

पत्रमा उनले “विश्वका लागि उनी चाँदनी थिइन्...उत्कृष्ट अभिनेत्री थिइन्...उनीहरुकी श्रीदेवी थिइन्...तर मेरा लागि मेरी प्यार थिइन्, मेरी साथी सहयात्री थिइन् दुुई छोरीकी आमा थिइन्...मेरी सहयात्री थिइन् । हाम्रा छोरीका लागि उनी सबै चीज थिइन्...उनीहरुकी जिन्दगी थिइन्’’भनेका छन् ।

सार्वजनकि पत्रमा बोनीले मेरी प्राणप्रिया र खुशी अनि जान्भीकी मातालाई सदाका लागि बिदा गर्दै गर्दा केही सबिनय अनुरोध गर्छु पनि भनेका छन् । उनले पत्रमा आफ्ना पीडालाई नीजि विषयको रुपमा सम्मान गरिदिन पनि अनुरोध गरेका छन् ।

उनले भनेका छन्, “श्री को बारेमा बोल्न सोध्न चाहनुहुन्छ भने यतपाईंरुको मनमा विशेष सम्झनाको रुपमा राखिदिनुहोला, कलाकारको रुपमा उनको ठाउँ कहिल्यै कसैले लिन सक्थेन र सक्दैन पनि , उनलाई त्यही रुपमा मायाँ र सम्मान दिइरहनू ।’’ मेरी प्रिया, चीर शान्तिको कामना । हाम्रो जिन्दगी फेरी उस्तै अब कहिल्यै हुने छैन, पत्रमा बोनीले लेखेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ