arrow

भारतीय रक्षा राज्यमन्त्री भन्छन् 'चीनसँग सीमामा फेरि तनाव बढ्नसक्छ'

logo
प्रकाशित २०७४ फागुन १७ बिहिबार
INDIA_CHINA.jpg

काठमाडौं । डोकलाम गतिरोधको ८ महिना पछि केन्द्रीय मन्त्रीले भारत-चीन सीमामा फेरि तनाव बढ्ने आशंका गरेका छन् । बिहीबार रक्षा राज्य मन्त्री सुभाष भामरेले चीनसँगको सीमामा संवेदनशीलता बढेको भन्दै आगामी दिनहरुमा तनाव बढ्न सक्ने आश‌ंका गरिएको छ । उनले भनेका छन् कि, 'वास्तविक नियन्त्रण रेखा अहिले बढी सम्वेदनशील बनेको छ। यहाँ गस्ती, घुसपेठ तथा गतिरोधको घटना बढ्न लागेको छ ।' 

यस अघि पनि पटक पटक भारत र चीनको सीमामा बढेको चीन र भारतबीच जाडो बढेसँगै झण्डै चार महिना अघिदेखि तनाव रोकिएको थियो । भारत, भुटान र चीनबीचको त्रिदेशीय सीमानामा परेको विवाद पछि अहिले भने भारत र चीनबीच दुईदेशीय सीमा क्षेत्रमा नै विवाद सुरु हुन थालेको राज्यमन्त्रीको अभिव्यक्तिले जनाएको समाचार नवभारत टाइम्समा उल्लेख गरिएको छ। 

उनले देशको रक्षा बजेट बढाएर हुन्छ कि कसरी हुन्छ कसनै विदेशीले सीमामा भारत माथि धावा बोल्छ भने त्यस्तो अवस्थामा ईटाको जवाफ पत्थरले दिन पनि भारत तयार रहेको उनले बताएका छन् । उनले यस्तो भएको खण्डमा भारतमाथि कसैले पनि ठाडो शीरले हेर्न समेत नसक्ने उनको बुझाई छ । 

महत्वपूर्ण कुरा यो छ कि दुई देशबीच ४ हजार किलो मिटर लामो सीमाको वास्तविक नियन्त्रण रेखा रहेको छ । यस्तो अवस्थामा दुईदेशबीच कहाँ कहाँको सीमामा कहिल विवाद आउँछ भन्ने यकीन गर्न नै समस्या हुने उनले बताए ।

राष्ट्र निर्माणमा सेनाको योगदानको विषयमा आयोजित सेमिनारलाई सम्बोधित गर्दै रक्षा राज्य मन्त्रीले भने, 'अहिले चीनसँग विश्वास कायम गर्नको लागि सबै तहबाट प्रयास भईरहेको छ । तर, हाम्रो सीमा रेखाको सुरक्षा पनि त सुनिश्चित गर्नु पर्यो नि । यसको लागि लगातार जरुरी कदम उठाउनु पर्छ ।' गत बर्ष १६ जुनमा भारत र चिनियाँ सेना ७३ दिनसम्म डोकलाममा आमने-सामने बनेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ