arrow

समृद्धिका लागि अर्थमन्त्री खतिवडाका पाँच सूत्र, घोषणापत्र कार्यान्वयन असम्भव

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
yubraj_khatiwada.jpg

काठमाडौं । प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७४ अघि बाम गठनबन्धनको तर्फबाट नेकपा एमाले र नेकपा माओवादीले ल्याएको घोषणा पत्रको बहसको क्रममा धेरै विज्ञहरुले धेरै टीकाटिप्पणीहरु प्रस्तुत गरेका थिए । 

कसैले यो विकासको छलाङ मार्ने घोषणापत्र भने त कसैले हावादारी गफ समेत भनेका थिए । तर, विज्ञहरुको हिसावले अहिलेका अर्थमन्त्री युवराज खतिवडाले भने यो घोषणापत्र धेरै महत्वाकांक्षी भएको भन्दै ५ वर्षमा सबै संरचनाहरु बनाईयो भने यसको लक्ष्य नजिक पुग्न मात्रै सकिने बताएका थिए । 

त्यतिबेला फरक फरक टेलिभिजन कार्यक्रममा बोल्दै खतिवडाले  २०३० सम्मको आर्थिक विकासको लक्ष्य पूरा गर्नको लागि धेरै महत्वाकांक्षा आवश्यक रहेको भन्दै बाम गठबन्धनको तर्फबाट तयार पारिएको घोषणापत्र महत्वाकांक्षी भएको भएपनि पूरा गर्नको लागि पहिले संरचना तयार पार्नुपर्नेमा जोड दिएका थिए ।

उनले आकांक्षा राख्दैमा मुलुक नबिग्रिने भएको भन्दै यो काम पूरा नगरे जनताकहाँ पुग्दा शीर झुकाउनु पर्ने बताएका थिए । उनले त्यतिबेला नेपाली काँग्रेसले ल्याएको चुनावी घोषणापत्रमा पनि राम्रा राम्रा व्यवस्था राखिएको भन्दै प्रशंसा गरेको थिए । उनले गठबन्धनले लिएको लक्ष्यको लागि पनि विकासको काम सबैभन्दा पहिले अघि बढाउनुपर्ने बताएका थिए । 

त्यतिबेला विज्ञको कुसीमा बसेर त्यतिबोलेका खतिवडा अहिले त्यही घोषणापत्र कार्यान्वयन गर्नुपर्ने जिम्मेवारीमा पुगेका छन् । उनीबाट अहिले धेरैले धेरै आशा पनि गरेका छन् । उनले नेपालमै रहेका प्राकृतिक स्रोतहरुको बृहत्तम रुपमा परिचालन गरी त्यसबाट विकासको ढोका खोल्ने परिकल्पना गरेका छन् । 

उनले अर्थमन्त्रीको पदभार ग्रहण गरेसँगै आफ्नै मान्यताको आधारमा काम गर्ने बताएपछि झनै उनीमाथि झनै आशाको किरण थपिएको छ । उनले निरपेक्ष गरिबी घटाएर ५ देखि १० प्रतिशतको बीचमा लैजानलाई नै अबको ५ वर्ष लाग्दछ । गरिबीमा समृद्धिको कुरा गर्नु उपयुक्त होईन । 

उनले आफ्नो समृद्धिको ५ वटा सूत्रहरु उनले चुनाव अघि नै प्रस्तुत गरेका थिए । उनले विभिन्न समयमा सुनाएका समृद्धिका ५ सूत्रहरु तल प्रस्तुत गरिएको छ । 

१ प्राकृतिक स्रोत 
प्राकृतिक स्रोतको हिसावले नेपाल सम्भावनाले भरिएको देश हो । यसको बनावट माटोको उर्भरा शक्ति, यहाँ रहेका जलविद्युतको सम्भावना र पर्यटनको सम्भावनालाई पनि हामीले राम्रोसँग व्यवस्थापन गर्न सक्यौं भने हामीले पक्कै पनि विकासको एउटा खाका कोर्नको लागि यसले सहजता सिर्जना गर्न सक्छ । यस्ता स्रोतहरु नेपालसँग पर्याप्त छन् । यस्ता स्रोतहरु मात्रै यसको व्यवस्थापन र प्रयोगमा ध्यान दिन सकियो भने यसले हाम्रो समृद्धिको सपना पूरा गर्न सहयोग गर्ने धारणा खतिवडाले राखेका छन् । 

२ जनसांख्यिकीय लाभ 
खतिवडाले सुनाएको दोस्रो समृद्धि सूत्र जनसांख्यिकीय लाभ हो । उनका अनुसार हामीसँग अहिले धेरै युवाशक्तिहरु छन् । विश्वमा अहिले युवाशक्तिको अभावमा बृद्ध भईसकेका बुढाबुढीहरुलाई पाल्न सक्ने जनशक्तिको कमी भईरहेको बेलामा हामीकहाँ त्यस्तो जनशक्ति पर्याप्त रहेको छ । यसमा युवा जनशक्तिलाई कुनैपनि उत्पादनमूलक क्षेत्रमा परिचालन गरेर आर्थिक समृद्धिको ढोका खोल्न सकिने धारणा खतिवडाको छ । 

३ मध्यम वर्गीय छिमेकी 
नेपालमा ठूलो संख्यामा मध्यम वर्गीय परिवार रहेका छिमेकीहरु रहेका छन् । उत्तर र दक्षिणको सीमा कट्ने वित्तिकै यस्ता जनशक्तिहरु हामी प्रसस्त मात्रामा पाउन सक्दछौं ।  यो संख्या अझ बढ्दो मात्रामा रहेको छ । यस्तो अवस्थामा हामी त्यस्ता परिवारहरुलाई पर्यटन, लगानी वा श्रमको उपयोगको लागि पनि प्रयोग गरेर प्रसस्त आम्दानी गर्न सक्दछौं । यसले हामीहरुको समृद्धिको ढोका खोल्न सक्छ । 

४ नेपालको संघीयता 
नेपालको संघीयता अन्य मुलुकको संघीयताको तुलनामा नेपालको तुलना फरक रहेको र यसले विकासलाई स्थानीय स्तरबाट नै उठाएर ल्याउने भएकोले जसले जत्ति सरापेपनि नेपालको संघीयताले पनि समृद्धिको ढोका खोल्न महत्वपूर्ण भूमिका खेल्न सक्छ । गाउँदेखि नै विकासको मुहान खुल्न थालेपछि हाम्रो समग्र विकासको लागि पनि यसले राम्रै भूमिका खेल्न सक्छ । साधन स्रोत र भातिा तल हुने भएकोले यसले विकासको जग दह्रो बनाउन सक्छ । 

५ अन्तराष्ट्रिय सम्बन्ध
अन्तराष्ट्रिय समदायसँग हामीहरुको सम्बन्ध जुन किसिमको छ । त्यो सम्बन्धलाई हामीले राम्रो उपयोग गर्न सक्यौं भने हामीले यसबाट पनि धेरै फाईदा लिन सक्दछौं । हामी अब सहयोग माग्ने होईन लगानी भित्र्याउन खोज्नु पर्छ । त्यसो भयो भने हामीलाई संयुक्त राष्ट्र संघ, युरोपियन युनियन छिमेकी मुलुक लगायत अन्तराष्ट्रिय समुदायले देखाएको सद्भावबाट पनि हाम्रो समृद्धिको ढोका खोल्न सकिने तर्क खतिवडाको छ । उनले यति हुनसक्यो भने ५ वर्षमा नसकेपछि अबको १० वर्ष पछि समृद्धिको एउटा खाका तय गर्न सकिने बताएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ