arrow

भगवान् कै पालमुनि ओत !

logo
पूर्णप्रसाद मिश्र,
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
jai_bagesori.png

काठमाडौँ । छानो पालले ढाकिएको छ । टुँडाल र इट्टा धमाधम झर्न थालेका छन् । चारैतिर चर्किएर प्वाल परेको मन्दिर देख्दा लाग्छ यो ढल्ने क्षण कुरेर बसेको छ ।  भूकम्पको एक महिना नबित्दै विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रको जयबागेश्वरी मन्दिर पुनःनिर्माणका लागि स्वीकृति दिइएको ३४ महिना बित्दा समेत बन्ने छाँट देखिएको छैन । लाग्छ यो मन्दिरको दुर्दशा बुझिदिने कोही छैन । सती प्रथा रहुञ्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको गरगहना सबै जयबागेश्वरीलाई चढाइन्थ्यो । यसैले यो मन्दिर नेपालकै धनी मानिन्छ ।
 
चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव एवम् संस्कृतिविद् डा गोविन्द टण्डन बताउछन् । पशुपति क्षेत्रकै सम्पदा पुनःनिर्माणको अवस्था त यो छ भने अन्यत्रको अवस्था के होला ? सहजै अनुमान गर्न सकिन्छ । दाताले तीन महिनाअघि पुनःनिर्माण गर्न मन्दिर जस्ताले घेरेर शुरु गरेकामा सिमेन्ट प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध गरेपछि अहिले रोकिएको छ । अहिले जस्ता निकालेर बाँसमात्र ठडिएको देख्न सकिन्छ । मन्दिर पुनःनिर्माणको इच्छा व्यक्त गरेपछि कोषले २०७२ जेठ ४ गते एड्भेन्चर टुर एण्ड ट्राभलका सञ्चालक कल्याण शर्मालाई मन्दिर पुनःनिर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो ।

दातालाई पुनःनिर्माणको स्वीकृति दिइसकेपछि उपत्यकामा मेलम्चीको पानी वितरणका लागि ठूला पाइप बिच्छ्याउँदा सडक खनिएकाले मन्दिरमा थप क्षति पुगेको छ । सडक नजिकै मन्दिर छ । दैनिक हिँड्ने सवारी साधनले जीर्ण मन्दिरलाई थप कमजोर बनाउने निश्चित छ ।

पुरातत्व विभागले नक्सा स्वीकृत नगरेका कारण शर्माले ढिलो गरी जीर्णोद्धारको काम शुरु गरे । पुनःनिर्माणबारे चासो लिएर बुझ्नेमध्येका एक इन्जिनीयर बिनीता मगैया हुन् ।  निर्माणको अनुमति पाएका शर्माले बनाउन लगाएको नक्साको रुपरंग नमिलेको देखेपछि मन्दिर बिग्रने चिन्ताले आफूलाई पिरोलेको उनले सुनाए । “मन्दिर एक वर्षा अघि नबनाए ढल्ने अवस्थामा पुग्छ, टुँडाल झर्न थालेका छन्, यसले गर्दा नित्य पूजा गर्न समस्या भएको छ”– उनले भने।
 
ढल्न लागेको मन्दिरभित्र पूजा गर्दा त्रासमा बस्नुपरेको पुजारी हंसराज कर्माचार्यको गुनासो छ ।
दाता शर्मा केही समय टिकाउन मात्र सिमेन्ट प्रयोग गरिएको बताउछन् ।  “पहिले बनाउँदा माथिल्लो तलामा सिमेन्ट प्रयोग गरिएको छ, हामीले पुनःनिर्माणका लागि भत्काउँदा सुरक्षित होस् भनेर सिमेन्ट लगाएका हौँ, क्षमा पूजा गरेर पुनःनिर्माण शुरु गर्दा  छ लाख खर्च भइसकेको छ” – उनले भने ।
 
दाताले निर्माण गराएको नक्सा विभागले काम नलाग्ने भनी पटक पटक रोक्यो । विभागले मन्दिरको ‘ड्रइङ’ नै मिल्दैन भनी रोकेको इन्जिनीयर मगैयाले बताए । विभागका इन्जिनीयर शोभा महर्जन नमिलेको नक्सा आएकाले पुनःनिर्माणको स्वीकृति दिन ढिला भएको र नक्सामा आफैले धेरै कुरा मिलाइदिएको बताउछन् ।
 
नियम पुगेर आएका नक्सा समयमै स्वीकृत हुने गरेको विभागको विश्व सम्पदा शाखाको भनाइ छ । शाखा प्रमुख सुरेश सुरच श्रेष्ठ विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदाको संरचना अनुसार डिजाइन भइआएका नक्सा नरोकिएको दावी गर्छन् ।  

विभागको इन्जिनीयरिङ शाखा प्रमुख सम्पत घिमिरे विश्व सम्पदा सूचीमा सूचीकृत सात स्थलमा बोलाउने बित्तिकै इन्जिनीयर गएर आवश्यक काम गर्ने गरेको बताउछन् । “स्वीकृतिका लागि पेश भएको नक्सामा गल्ती, कमीकमजोरी हुँदा कारण सहित सच्याएर ल्याउनू भनिए बाहेकको अवस्थामा १० दिनमै नक्सा स्वीकृत हुने गरेको छ,” उनले भने ।

पाँच चरणमा ‘ड्रइङ’ गरिनुपर्नेमा दाताका तर्फबाट सामान्य खाका मात्र कोरिएकाले नमिलेको नक्सा तयार पार्न ल



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ