arrow

सलमान खान द बङ्ग शो का आयोजक भन्छन् - “कार्यक्रम कुनै पनि हालतमा क्यान्सिल हुँदैन“

विप्लब माओबादीले चन्दा मागेको छैन

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
sallu.png

काठमाडौं । ओडीसी इन्टरटेन्मेन्टले, आउँदो २६ गतेका लागि तय भएको सलमान खान सहितका भारतीय कलाकारको दबङ्ग शो कुनै हालतमा रद्द नहुने बताएको छ। नेत्र विक्रम चन्द विप्लब नेतृत्वको नेकपाले भारतीय कलाकार आउने सांगितिक कार्यक्रम विथोल्ने धम्की दिएपछि हाललाई स्थगित गर्नु परेपनि, बढीमा अबको डेढ महिनामा कार्यक्रम गरेरै छाडिने ओडीसी इन्टरटेन्मेन्टका म्यानेजिङ डाइरेक्टर सिमान्त गुरुङले बताए ।

 “यो कार्यक्रमका लागि २ वर्षदेखि तयारी गरिएको हो, हाम्रो करोडौंको लगानी भइसकेको छ“ गुरुङले भने “ त्यसैले क्यान्सिल गर्ने भन्ने प्रश्नै उठ्दैन, बढीमा डेढ महिनाभित्र खुलामन्चमै कार्यक्रम गरेरै छाड्छौं।" शो रद्द नभएर केही समयका लागि सारिएको उनको भनाइ छ। उनले भने “हामीले हाम्रो लागि भन्दा पनि अडियन्सको लागि सलमान खान र सोनाक्षी सिन्हा सहितका भारतीय कालाकारलाई ल्याउन लागेका हौं, एउटै चलचित्रका लागि ४-५ सय करोड लिने ती कलाकारले ४-५ करोडका लागि आउन लागेका पनि होइनन्, उनीहरु पनि नेपाली दर्शकको मनोरन्जनका लागि आउन लागेका हुन्, त्यसैले सलामान खान दबङ टूर नेपाल शो गराएरै छाड्छौं।"

आफ्नो मुलुकमा आउन लागेका विदेशी कलाकारको बिरोध नगरिदिन पनि गुरुङले अनुरोध गरेका छन्।  आयोजक ओडीसी इन्टरटेन्मेन्टले फेसबुक मार्फत् सूचना जारी गर्दै कार्यक्रम वैशाख पहिलो साताका लागि सारिएको पनि जनाएको छ।
 
सिटी होटल एण्ड स्वीट्का प्रबन्ध निर्देशक समेत रहेका गुरुङले, विप्लब माओबादीले चन्दा भने नमागेको बताए। अहिलेसम्म ४ हजार भन्दा बढी टिकट बिक्री भइसकेको भन्दै उनले, टिकट विक्री जारी राखिएको जानकारी पनि दिएका छन्। आयोजक ओडीसी इन्टरटेन्मेन्टले, यो शोका लागि ३ हजार, ५ हजार, १० हजार र २० हजार रुपैयाँ दरका टिकट बिक्री गर्दै आएको छ।

चन्दा नदिएकै कारण विप्लब माओबादीले यो शोको बिरोध गरेको भन्ने हल्लामा भने सत्यता नरहेको उनको भनाइ छ। गुरुङले निकट भविष्यमै कार्यक्रम गर्ने अडान राखेपनि, नेकपा माओबादीको अखिल नेपाल सांस्कृतिक महासंघका महासचिव खेम थपलियाले अहिलेलाई शो स्थगित गरेर आयोगले ठीक गर्‍यो भन्दै भविष्यमा पनि यस्ता कार्यक्रम गर्न नदिने चेतावनी दिएका छन्। यसअघि विप्लब माओबादीले विज्ञप्ती निकालेर कार्यक्रम नगर्न आयोजकलाई चेतावनी दिएको थियो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ