arrow

करिब दश हजार आप्रवासी बालबालिका बेपत्ता ः युरोपोल

logo
प्रकाशित २०७२ माघ १७ आइतबार
आप्रवासी.jpg.jpeg
द हेग (नेदरल्यान्ड) । युरोपमा विभिन्न मुलुकबाट युरोप आइपुगेका र आफ्ना अभिभावकको सहारा नपाएका करिब १० हजार बालबालिका बेपत्ता भएको युरोपेली युनियन प्रहरी संस्था युरोपोलले आइतबार जनाएको छ । युरोपालले बेपत्ता मानिँदै आएका कैयौँ बालबालिकालाई यौनजन्य गतविधिमा प्रयोग गरिँदै आएको हुनसक्ने बताएको छ । 
 
युरोपोलको सञ्चार कार्यालयले यो तथ्याङ्कबारे अन्तर्राष्ट्रिय समाचार संस्था (एएफपी) लाई पुष्टि गर्दै जानकारी गराएको र यो बेलायती पत्रिका ‘द अब्जरर्भर’ मा प्रकाशित भएको बताइएको छ । युरोपोलका कर्मचारी प्रमुख ब्रेन डोनाल्डले युरोपमा आइसकेका र शरणार्थीको दर्ता प्रक्रियामा परे पनि यसपछि उनीहरुको स्थिति अज्ञात रहेको बताए ।
 
हामीले १० हजारभन्दा बढी हराएका बालबालिकाको खोजी गर्नु अन्यथा हुने छैन भन्दै डोनाल्डले भन्नुभयो, यसरी युरोप प्रवेशपछि हराएका बालबालिकामध्ये पाँच हजार इटालीबाटै बेपत्ता भएका छन् । हराएका सबै बालबालिकालाई यौनजन्य अपराधमा प्रयोग गरिएको भन्ने नभए पनि उनीहरुको अवस्था हामीहरुलाई थाहा छैन, डोनाल्डले थप्ने। 
 
केही बालकालिका युरोप छिर्ने क्रममा आफ्ना अभिभावकबाट छुट्टिए पनि पुनः अभिभावकको सम्पर्कमा आएको हुनसक्ने युरोपोलको भनाई छ । तर यस सम्बन्धमा आधिकारिक तथ्याङ्क केही नभएको डोनाल्डले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ