arrow

सिरियामा आठ टर्कीस् सैनिक मारिए

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
Siriya.jpeg

आङ्करा । उत्तरपश्चिमी सिरियाको आफ्रिन प्रान्तमा आठजना सैनिक मारिएका छन् भने अरु १३ जना घाइते भएका छन् ।  उक्त क्षेत्रमा बिहीबार बिहान भएको एक झडपमा परी आठ टर्कीस् सैनिक मारिएका बताइएको छ । टर्कीको सैनिक स्रोतले बिहीबार सो जानकारी दिएको समाचारमा उल्लेख छ ।

सो क्षेत्रमा त्यहाँका स्थानीय विद्रोही र टर्कीस् सैनिकबीच भिडन्त भएको थियो । यस झडपको विस्तृत समाचार प्राप्त भएको छैन । टर्कीको सेनाले प्रकाशन गरेको विज्ञप्तिकाअनुसार टर्कीस् सेनाको ‘ओपसन ओलिभ ब्रान्च’ ले सिरियाको आफ्रिनमा सुरु गरेको कारबाहीको क्रममा ज्यान गुमाउने सैनिकको संख्या ४० पुगेको बताइएको छ ।

सो क्षेत्रमा केही दिनयतादेखि टर्कीको सेनाले हवाई कारबाही पनि गर्ने गरेको समाचारमा जनाइएको छ । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ