arrow

उपत्यकामा मेघगर्जनसहित वर्षा

logo
प्रकाशित २०७४ फागुन १८ शुक्रबार
hailstone-rain.jpg

काठमाडौँ । स्थानीय वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा आज साँझ मेघगर्जनसहित वर्षा भएको छ ।  स्थानीय वायुको प्रभावले बदली भई उपत्यकाको उत्तरपश्चिम भेगमा असिनासहितको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिए ।

 उनका अनुसार देशको पश्चिमी भेगमा विकसित भएको उक्त वायु अहिले क्रमशः पूर्वतर्फ सर्दैछ । पूर्वी पहाडी भेगका केही स्थानमा समेत वर्षाको सम्भावना छ । अहिले पश्चिमका केही स्थान तथा मध्य र पूर्वी भेगमा बदली भएको छ । उपत्यकामा हुरी बताससहित वर्षा भइरहेको छ ।

स्थानीय वायुको सक्रियताले केही दिनयता बिहान मौसम सफा रहे पनि मध्याह्नपछि बदली हुने गरेको छ । पूर्वमनसुनको याम पनि भएकाले यस्तो गतिविधि जारी रहने मौसमविद् प्रधानाङ्गले बताए ।

 सामान्यतः ‘मार्च, अप्रिल र मे’ पूर्व मनसुनी याम मानिन्छ । तापक्रम पनि क्रमशः बढ्दै गएकाले मध्याह्नपछि बदली र वर्षा गराउने सम्भावना हुन्छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको अधिकतम २५.८ र न्यूनतम तापक्रम ११ डिग्री सेल्सियस छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ