arrow

नारायणगढ–मुग्लिन सडक फेरि बन्द

logo
प्रकाशित २०७४ फागुन १९ शनिबार
Mugling-Narayanghat.jpeg

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड शनिबारदेखि फेरी दिउँसो बन्द हुने भएको छ । होली पर्वका कारण नारायणगढ–मुग्लिन सडकखण्ड विहिबार र शुक्रबार दुई दिन खुल्ला गरिएकोमा शनिबारदेखि फेरीबन्द हुने नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ ।

यो सडकमा बिहान १० देखि ४ बजेसम्म गाडी रोकेर भित्तो काट्ने काम चल्दै आएको छ  । सडकमा गाडी रोकिँदा व्यवस्थापनमा ट्राफिक प्रहरी परिचालन हुँदै आएका छन् । यो  सडकको ३४ किलोमिटर क्षेत्रको काम अहिलेसम्म करिब ७५ प्रतिशत पूरा भएको छ ।

अझै केही ठाउँमा भित्तो काट्ने, क्यान्टिलिभर हाल्ने र विभिन्न स्थानमा कालोपत्रको काम बाँकी नै छ । निर्धारित समयमा निर्माण नसकिएपछि दुईपटक थपिएको समयसमेत अभाव हुँदै पुनः म्याद थपको तयारीमा आयोजना रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ