arrow

एमाले-माओवादी केन्द्रका संघीय सांसदको प्रशिक्षण शुरु

logo
प्रकाशित २०७४ फागुन १९ शनिबार
union-mp-uml-maoist.jpg

काठमाडौं। सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र)बाट निर्वाचित संघीय सांसदको प्रशिक्षण शुरु भएको छ। संसद्मा दरिलो उपस्थिति जनाउन र पार्टी एकतालाई मद्दत पुग्ने गरी संसदीय गतिविधिमा एकरुपता ल्याउन दुबै पार्टीले संयुक्तरुपमा नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रशिक्षण दिन लागेको हो।

प्रशिक्षणमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल बानेश्वरस्थित संसद् भवन पुगेकाछन्। प्रशिक्षणमा पूर्व सभामुखद्वय सुवासचन्द नेम्वाङ र ओनसरी घर्तीले संसदीय प्रक्रियाका विषयमा प्रशिक्षण दिने र दुबै अध्यक्षले सम्बोधनसहित प्रशिक्षण दिनेछन्।

भोलि आइतबार संघीय सांसदको शपथ कार्यक्रम तोकिएको छ। प्रशिक्षणमा सहभागी हुन राष्ट्रिय एवं प्रतिनिधिसभाका सांसदलाई दुबै पार्टीले निर्देशन गरेको थियो। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ