arrow

'हाम्रो नेपाली - अंग्रेजी डिस्नेरी' को नयाँ संस्करण सार्वजनीक

logo
प्रकाशित २०७४ फागुन १९ शनिबार
hamro_dictonary_card_cover_2.jpg

काठमाडौं । हाम्रो पात्रोले  'हाम्रो नेपाली - अंग्रेजी डिस्नेरी'को नयाँ संस्करण सार्वजनीक गरेको छ । नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू थपिएका छन् ।  वरिष्ठ व्याकरणकार, कोशकार तथा भाषाविद् चूडामणि गौतमले 'हाम्रो नेपाली - अंग्रेजी डिस्नेरी'को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराएका हुन् ।

 १० लाख भन्दा बढी डाउनलोड भइसकेको 'हाम्रो नेपाली - अंग्रेजी डिस्नेरी' सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले प्रयोग गर्दै आएका छन् ।
 
एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो अफलाईन डिस्नेरी हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न, बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् ।

पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । शनिवार सार्वजनिक गरिएको नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित प्ले स्टोरमा  उपलब्ध छ । स्कूले तहबाट माथि उठेर वयस्कहरूकोलागि 'हाम्रो नेपाली - अंग्रेजी डिस्नेरी' तयार भएको छ अर्थात् अब यसले उन्नत स्तरको  शब्दहरू पनि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ ।

परापूर्वकालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ