arrow

बोक्सीको आरोपमा कुटपिट गर्ने ६ अभियुक्त पक्राउ

logo
सीता डोटेल,
प्रकाशित २०७४ फागुन १९ शनिबार
Tanahun_District.png

पाल्पा, रामपुर । बोक्सीको आरोपमा ३४ वर्षे महिलालाई कुट्ने पाल्पा र तनहुँका ६ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । बाचनालयमा उपचारका लागि तनहुँको घिरिङ्ग सुन्धारा १ पुट्टार गएकी पाल्पा निस्दी गाउँपालिका २ सहकोटकी ३४ वर्षिय बेसरी सिंजालीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने तनहुँ र आफ्नै गाउँका स्थानिय ६ जनालाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले तनहुँ घिरिङ सुन्धारा गाउँपालिका १ का ३७ वर्षका सन्त बहादुर श्रेष्ठ, पाल्पा रामपुर नगरपालिका १ का २० बर्षका सुर्य बंशी, सोही स्थानका ३४ बर्षका लक्ष्मी बि.क., रामपुर १ कै बर्ष १७ का कृष्ण बंशी, निस्दी २ सहलकोटका २८ वर्षका ङनी बाकाबल, सोही स्थानकाा १९ बर्षका बिष्णुमायाँ बि.क.लाई प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरिक्षक उमेश राज जोशीले जानकारी दिए । घटना तनहुँमा भएकाले पिडित पक्षले तनहुँ प्रहरीमा जाहेरी दिएका थिएन । अभियुक्तलाई तनहुँ प्रहरी र पाल्पा प्रहरीको सक्रियतामा खोजी गरि प्रक्राउ गरेको हो ।

केही समय अघि देखि विरामी रहेकी सिंजाली सत्य वचन श्रवण गरेपछि रोग निको हुने आशमा सत्य वचन हुने तनहुँको पट्टार पुगेकी थिईन् । तीन महिना देखि छिमेकी गाउँमा हुने सत्य वचन सुनिरहे पनि पुट्टारमा अझ प्रभावकारी हुने भन्दै गाउँ साथीहरु संग गत फागुन १२ गत पुगेकी थिईन् । सोही सत्य वचन श्रवणको क्रममा छटपटाहत देखिए पछि गाउँ बाट संगै गएका र सत्य वचन सुनाउने प्रमुखले नै उनलाई बोक्सी भनेर जाईलागेका थिए । कुटपिटबाट सिंजालीको शरीरको बिभिन्न भागमा  निलडाम बसेको छ । पिडित सिंजालीका अनुसार उनीहरुले कपाल लुछ्ने, जिब्रो थुत्न प्रयास समेत गरेका थिए ।

  मरणसन्न हुने गरी कुटपिट भए पछि मात्रै यो घटना बाहिर आएको हो । रामपुरको स्थानिय मेडिकलमा उपचार गरे पछि थप उपचारको लागि आफन्तले पोखरा मनीपाल अस्पताल लगेका थिए । संगै उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीको आधारमा प्रहरीले अभियुक्तहरु घिरिङ गाउँपालिका १ तनहुँका श्रेष्ठलाई तनहुँ बाट र अन्यलाई पाल्पाको रामपुर १ र निस्दी २ बाट पक्राउ गरेको हो । पक्राउ परेकाको अनुसन्धान जारी रहेको र ५ दिनको म्याद थप गरी र्पुपक्षका लागि थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ