arrow

अस्पतालमा आक्रमण अन्जानबस भएको

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
941007722.jpeg
वासिङ्गटन । अफगानिस्तानको लागि अमेरिकीबलका कमाण्डर जोन क्याम्पबेलले अफगानी सहर कुन्दुजमा अवस्थित एक अस्पतालमा भएको हवाई आक्रमणमा अजानबस भएको स्विकार गर्नु भएको छ ।
 
गत शनिबार ‘मेडिकल एड एजेन्सी मेडिसाँ साँ फ्रन्टियर्स् (एमएसएफ)’ द्वारा अफगानिस्तानको कुन्दुज प्रान्तमा सञ्चालन हुँदैे आएको एक अस्पतालमा अजानबस अमेरिकासँग आवद्ध सो हवाई आक्रमण भएको क्याम्पबेलले बताउनु भएको हो ।
 
सो घटनामा परी २२ जनाको ज्यान गएको थियो । यस आक्रमणमा अस्पतालमा कार्यरत १२ कर्मचारी र १० बिरामीको मृत्यु भएको जनाइएको थियो । ती मध्ये तीन बालबालिका रहेका थिए ।
 
‘एक अस्पतालमा गलतीले हवाई आक्रमण भएको हो हाम्री कहिले पनि चिकित्सालय सुविधालाई लक्षित आक्रमण गर्दैनौ ’ क्याम्पबेलले बताउनु छ ।
 
एमएसएफले आइतबार पं्रकाशन गरेको विज्ञप्तिमा सो आक्रमणमा मारिनेको सङ्ख्या २२ पुगेको बताएको थियो ।
 
यस आक्रमणको पुरापूरी छानबीन गरिने अमेरिकी राष्ट्रपति बाराक ओबामाले प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । त्यसगरी आक्रमणलाई संयुक्त संयुक्त राष्ट्रसङ्घले पनि युद्ध अपराधको संज्ञा दिएको थियो ।
 
उत्तरी अफगानिस्तानमा पर्ने कुन्दुज सहरमा तालिवान विद्रोहीले कब्जामा लिएको एकदिन पछाडि सो आक्रमण भएको जनाइएको छ ।
 
नेटोसँग आवद्ध सेनाको पनि सहयोगमा अफगान सुरक्षा बलले सो सहर फिर्ता लिने दाबी गरेका थिए ।
तर अफगानिस्तानको प्रतिरक्षामन्त्रालयले भने आतङ्ककारीको एक समूह अफगान अस्पताल भवनमा सुरक्षाबल र नागरिक लक्षित गर्दै आक्रमणको तयारी अवस्थामा रहेका जानकारी दिएको थियो ।
आतङ्ककारी नै त्यहाँ रहेको भए पनि सो हमला गर्न नहुने भन्दै उक्त आक्रमण र हत्याको विश्व समुदायले नै निन्दा गरेको छ ।
 
तालिवानले भने आफ्ना कुनैपनि लडाकू सो अस्पताल प्रवेश नगरेका र अमेरिकी सेनाले नै सो अस्पतालमा हमला गरेको आरोप लगाएका थिए । रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ