arrow

सरकार र अनिल झा नेतृत्वको मोर्चाबीच वार्ता

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1811156811.jpeg
काठमाडौँ। सरकार र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा नेतृत्वको सङ्घीय मधेसी मोर्चाबीच आज वार्ता भएको छ । सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको बैठकले पछिल्लो पटक मधेसमा भइरहेको आन्दोलनबारे समाधान खोज्न वार्ता कमिटी गठन गरी वार्ता गर्ने सहमति भएको छ । 
 
वार्तामा सरकारकोतर्फबाट उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा, सामान्य प्रशासनमन्त्री रेखा शर्मा र विनाविभागीयमन्त्री रामजनम चौधरी र मोर्चाकोतर्फबाट मोर्चाका संयोजक अनिल झासहित लोक दलका अध्यक्ष कौशलकुमार सिंह र बहुजन समाज पार्टीका अध्यक्ष गंगाप्रसाद महराको सहभागिता थियो । 
 
बैठकपछि संयोजक झाले ७२ दिनसम्म मधेसमा आन्दोलन हुँदासमेत सरकारले आन्दोलनप्रति कुनै चासो नदेखाएको भन्दै गुनासो गर्नुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ