arrow

संघीय संसद्मा कति भाषामा सपथ लिँदैछन् सांसदहरु ?

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
samsad-bhawan.jpeg

काठमाडौँ । संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको सपथ ग्रहण आइतबार हुँदैछ । नेपालको संविधानअनुसार प्रतिनिधिसभाको निर्वाचनपछि गठन भएको संघीय संसद्को पहिलो बैठक आइतबार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्न लागेको हो । 

संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण अपराह्न ४ बजे र राष्ट्रियसभाका सदस्यको शपथ ग्रहण साँझ ५ बजेका लागि तय भएको छ । 

प्रतिनिधिसभामा ३८ जनाले मातृभाषामा शपथ लिने 

संवैधानिक व्यवस्थानुसार आफ्नो मातृभाषामा शपथ लिन चाहने सदस्यको संख्या ४४ पुगेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता डा गौतमका अनुसार प्रतिनिधिसभामा ३८ जनाले आफ्नो मातृभाषामा शपथ लिने जानकारी गराएका छन् । 

भोजपुरी, मैथिली, अवधि, तामाङ, थारु, मगर र हिन्दी भाषामा शपथ लिन चाहेको भन्दै प्रतिनिधिसभामा निर्वाचित सांसदले सचिवालयलाई जानकारी गराएका छन् । 

यस्तै राष्ट्रियसभाका छ सदस्यले मातृभाषामा शपथ लिन चाहेको सूचना प्राप्त भएको छ । सचिवालयले एक सूचनामार्फत मातृभाषामा शपथ लिन चाहे त्यसको जानकारी गराउन आग्रह गरेको छ । 

कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सोको अनुवादको प्रतिसहित तीन दिनअगावै संघीय संसद्को महासचिवलाई उपलब्ध गराउनुपर्ने कानूनी प्रावधान छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ