arrow

टिपर चालक सुनकोशीमा डुबेर बेपत्ता

logo
प्रकाशित २०७४ फागुन २० आइतबार
water-kill.jpg

खोटाङ । महुरे–फोक्सिङटार सडकखण्डमा कार्यरत एक जना टिपर चालक सुनकोशी नदीमा डुबेर बेपत्ता भएका छन् । 

कालोपत्रको काम भइरहेको उक्त सडकखण्डमा सिद्धिसाई कन्सट्रक्सनका चालक इटहरी उपमहानगरपालिका–२ का रामबहादुर बुढाथोकी शुक्रबारदेखि नदीमा डुबेर बेपत्ता भएका हुन् । 

बुढाथोकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेको साप्सु दोभानबाट बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले बताए । 

बुढाथोकी बालुवा लिनका लागि नदीमा पुगेको समयमा नुहाउने क्रममा चिप्लिएर बेपत्ता भएको जानकारी आएको प्रहरीले जनाएको छ । 

बेपत्ता बुढाथोकीको खोजीका लागि प्रहरी चौकी भण्डारेघाटका प्रहरी टोली परिचालन गरिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख भूपेन्द्र राईले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ